― Advertisement ―

यो $40 जीवनभर VPN सम्झौताको साथ प्रयोगकर्ता नाम भन्दा बाहिर आफ्नो WhatsApp सन्देशहरू सुरक्षित गर्नुहोस्

WhatsApp ले अन्ततः आफ्नो प्रयोगकर्तानामहरू रोल आउट गर्न थालेको छ — जो आफ्नो प्रयोगकर्ताहरूका लागि सुपरप्राइज गर्न चाहन्छन् फोन नम्बरहरू। तर नयाँ प्रकार्यले तपाईंको...
HomeLatest news‘विश्वको जन इतिहास’ पुस्तकको नेपाली अनुवाद बजारमा

‘विश्वको जन इतिहास’ पुस्तकको नेपाली अनुवाद बजारमा


राष्ट्रिय

समाचार.

  • विश्व चर्चित पुस्तक ‘अ पिपुल्स हिस्टोरी अफ द वर्ल्ड’ को नेपाली अनुवाद विकेश श्रेष्ठले गरेका छन्।
  • पुस्तकमा विश्व इतिहासका राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक घटनाहरु तथा जनताको संघर्ष समेटिएको छ।
  • नेपाली संस्करण पेपर नेपाल प्रालिले अनुमति लिएर प्रकाशित गरेको छ र यसको विक्री दोबिल्ला बुक्सले गर्नेछ।

काठमाडौं । विश्व चर्चित पुस्तक ‘विश्वको जनइतिहास’ को नेपाली अनुवाद बजारमा आएको छ । बेलायती लेखक क्रिस हरमनद्धारा लिखित ‘अ पिपुल्स हिस्टोरी अफ द वर्ल्ड’ पुस्तकको विकेश श्रेष्ठले नेपाली अनुवाद गरेका हुन् ।

पुस्तकमा विश्व इतिहासमा चिनियाँ सांस्कृतिक जनक्रान्तिदेखि विश्वभर आएका राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक उथलपुथल, यसक्रममा नायक, खलनायकका रुपमा उदाएका पात्र, परिवर्तनका लागि जनताले गरेका अभूतपूर्व संघर्षहरुको विस्तृत इतिहास उल्लेख छ ।

आगामी समम र शताब्दीमा यसको परिवर्तनको दिशा र ज्ञान प्राप्त गर्न विश्वका जनताको इतिहास पढ्नै पर्ने अनुभूति गरेर अंग्रेजी पुस्तकको नेपाली अनुवाद गरेको अनुवादक श्रेष्ठले बताए ।

‘जनता, देश र सिंगो संसारलाई नजिकबाट बुझ्न र बोध गर्न यो अत्यन्त उपर्युक्त पुस्तक छ’, श्रेष्ठले भने, ‘संसारका जनताको इतिहास भन्ने यो सर्वोत्कृष्ट पुस्तकको नेपालीकरणका लागि निकै वर्षको मेहेनत गरेर नेपाली अनुवाद पुस्तकको रुपमा बजारमा ल्याउन सफल भएका छौ, यसबाट अधिक नेपाली पाठक लाभान्वित हुने अपेक्षा गरेका छौ ।’

बुकमार्क, भेर्सो/न्यूलेफ्ट बुकले सन् १९९९ मा प्रकाशन गरेको पुस्तकको नेपाली संस्करणको पेपर नेपाल प्रालिले आधिकारिक रुपमा अनुमति लिएर प्रकाशन गरेको हो ।

यसको आधिकारिक विक्री वितरण भने दोबिल्ला बुक्सले गर्ने पेपर नेपालका प्रवन्ध निर्देशक गजेन्द्र चालिसेले बताए । वर्गीय समाजको उदय, प्राचीन विश्वदेखि मध्यकाल, महान परिवर्तन, नयाँ प्रणालीको परिवर्तन, आशा र सन्त्रासको शताब्दी लगायतका बिभिन्न खण्डमा विभाजित पुस्तक ५९३ पृष्ठको छ । यस पुस्तकको बजार मूल्य भने १२८० रुपैयाँ छ ।

गहन अध्ययन र लेखनमा सक्रिय माक्सवादी राजनीतिक चिन्तक, विश्लेषक समेत रहेका अनुवादक श्रेष्ठको यसअघि क्रान्ति वर्षः विचार र विश्लेषण (२०६३) पुस्तक प्रकाशित छ ।





Read More