― Advertisement ―

युक्रेनको सानो 25g ड्रोन एन्टेनाले रणभूमि प्रणालीहरूलाई धेरै रेडियो फ्रिक्वेन्सीहरूमा आश्चर्यजनक संचार बढावा दिन सक्छ।

नयाँ कम्प्लेक्सको लागि हामी पर्याप्त छौँ। प्लेटफार्महरूBlueBird Tech CLOVER ले ड्रोन, निगरानी उपकरण, र ग्राउन्ड रोबोटहरू सेवा गर्न सक्छएन्टेनाले आधुनिक FPV प्रणालीहरूद्वारा व्यापक रूपमा...
HomeLatest newsविश्वका विभिन्न सहरमा अंग्रेजी नयाँ वर्षलाई स्वागत

विश्वका विभिन्न सहरमा अंग्रेजी नयाँ वर्षलाई स्वागत


राष्ट्रिय

समाचार.

  • विश्वका विभिन्न सहरहरूमा नयाँ वर्ष २०२६ को स्वागत गरिएको छ र सबैभन्दा पहिले किरिबातीको किरितिमाती टापुमा नयाँ वर्ष सुरु भयो।
  • न्युजिल्यान्डको अकल्यान्ड र अष्ट्रेलियाको सिड्नीमा आतसबाजी गर्दै नयाँ वर्ष मनाइएको छ।
  • सिड्नीमा बोन्डी बिच आक्रमणमा मृत्यु भएका १५ जनाको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो।

१६ पुस, काठमाडौं । विश्वका विभिन्न सहरहरूमा नयाँ वर्ष २०२६ को स्वागत गरिएको छ। सबैभन्दा पहिले प्रशान्त महासागरमा रहेको किरिबाती देशको किरितिमाती टापुमा नयाँ वर्ष सुरु भयो।

त्यहाँ पुगेका एक पर्यटकले कुनै मानिसको चहलपहल नभएको समुद्र किनारमा, अन्धकारका बीच नयाँ वर्ष मनाएको बताए।

त्यसपछि न्युजिल्यान्डले अकल्यान्डमा आतसबाजी गर्दै नयाँ वर्षको स्वागत गर्‍यो। अष्ट्रेलियाको सिड्नीमा पनि ओपेरा हाउस र हार्बर ब्रिज वरिपरि भव्य आतसबाजी गरियो।

तर सिड्नीको उत्सव केही शोकपूर्ण पनि रह्यो। डिसेम्बर १४ मा बोन्डी बिचमा भएको आक्रमणमा १५ जनाको ज्यान गएको सम्झनामा राति ११ बजे एक मिनेट मौन धारण गरिएको थियो। हार्बर ब्रिजमा यहूदी समुदायको प्रतीक मेनोराहको झल्को पनि देखाइयो।

विश्वका अन्य भागहरूमा पनि मानिसहरूले आफ्ना परम्पराअनुसार नयाँ वर्ष मनाएका छन् । केही देशहरूमा भने समय पछाडि रहेका कारण नयाँ वर्ष सुरु हुन बाँकी नै रहेको छ ।

-बीबीसीबाट





Read More