― Advertisement ―

Amnezia VPN ले 20 प्रिमियम सर्भर स्थानहरू पुनर्स्थापना गर्दछ र साइबर आक्रमणहरू पछ्याउने प्रयोगकर्ताहरूलाई क्षतिपूर्ति दिन्छ

PN2r0 प्रि-अम्नेजियाको लागि पहुँच पुर्‍याउने स्थान प्रयोगकर्ताहरूप्रदायकले पनि सक्रिय रूपमा प्रिमियम सदस्यहरूलाई क्षतिपूर्ति जारी गर्दैछयो संदिग्ध राज्य-प्रायोजित DDoS आक्रमणहरूको बीचमा एक प्रमुख अपडेट पछ्याउँछसेन्सर...
HomeLatest newsविशेष महाधिवेशनमा सहभागी हुनुस् – KhabarHost

विशेष महाधिवेशनमा सहभागी हुनुस् – KhabarHost



२४ पुस, काठमाडौं । नेपाली कांग्रेस गोरखाले पार्टीको विशेष महाधिवेशन सहभागी हुन महाधिवेशन प्रतिनिधिहरूलाई अनुरोध गरेको छ ।

पार्टीका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, प्रतिनिधिसभा-१ का क्षेत्रीय सभापति नारायणप्रसाद लामिछाने, क्षेत्र-२ का सभापति गोविन्द गुरुङ, प्रदेश सभापतिहरू ठाकुर भट्ट,  दीर्घमान गुरुङ,  दिनेश खनखवास र खुनप्रसाद रेग्मीले संयुक्त विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका हुन् ।

त्यस्तै पालुङ्टार नगरपालिका सभापति विमल ढकाल, धार्चे गाउँपालिका सभापति सन्तबहादुर गुरुङ, सिराञ्चोक गाउँपालिका सभापति भक्तबहादुर गुरुङ, आरुघाट गाउँपालिकाका सभापति राजु गुरुङ, बारपाक सुलिकोट गाउँपालिकाका सभापति जीतबहादुर घले, सहिदलखन गाउँपालिकाका सभापति काशीनाथ अम्गाईं, भीमसेन थापा गाउँपालिकाका सभापति नारायणप्रसाद भट्टराई, गण्डकी गाउँपालिकाका सभापति होमबहादुर राना, अजिरकोट गाउँपालिकाका सभापति जंगबहादुर गुरुङ र चुमनुव्री गाउँपालिकाका सभापति सूर्यबहादुर गुरुङले हस्ताक्षर गरेर विशेष महाधिवेशनमा सहभागी हुन भनेका छन् ।

यहाँ जिल्लाको ११ पालिकामध्ये गोरखा नगरपालिकाका सभापति चन्दनबहादुर खत्रीले भने हस्ताक्षर गरेका छैनन् । उनी गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेनिकट मानिन्छन् । पाण्डे पार्टी सभापति शेरबहादुर देउवानिकट हुन् ।

कांग्रेस विशेष महाधिवेशन पुस २७ गतेका लागि तय भएको छ । यसका लागि महामन्त्रीद्व गगन थापा र विश्वप्रकाश शर्माले पनि आह्वान गरेका छन् ।





Read More