― Advertisement ―

NHS कर्मचारीहरू ‘नैतिक रूपमा दिवालिया’ Palantir सफ्टवेयर प्रयोग गर्न विरुद्ध पछाडि धकेल्छन्, भन्छन् ‘यसले हाम्रो लागि केही नयाँ गर्दैन’

यसलाई एनएचएसका कामदारहरूलाई सफ्टवेयरको अन्त्य गर्दै, केटाहरू लिंक गर्दै कम्पनीसरकारले प्रतिक्रियाको बीचमा ब्रेक क्लजलाई कथित रूपमा विचार गर्योयद्यपि, UK को FCA ले भर्खरै Palantir...
HomeLatest newsविराटनगर किङ्सको अपेरल पार्टरनमा डोल्पो – KhabarHost

विराटनगर किङ्सको अपेरल पार्टरनमा डोल्पो – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि विराटनगर किंग्स र डोल्पो एपेरलबीच सहकार्य भएको छ।
  • डोल्पोले विराटनगर किंग्सलाई पर्फर्मेन्स गियर प्रदान गर्नेछ जसले कोशी प्रदेशको गौरव प्रतिबिम्बित गर्नेछ।
  • विराटनगर किंग्सले फाफ डु प्लेसीलाई अनुबन्धन गरी बलियो स्क्वायडका साथ उच्चस्तरमा प्रतिस्पर्धा गर्ने योजना बनाएको छ।

२५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टोली विराटनगर किंग्स र लोकप्रिय नेपाली एपेरल ब्रान्ड ‘डोल्पो’ बीच सहकार्य भएको छ ।

एनपीएलको दोस्रो सिजनका लागि डोल्पो अफिसियल अपेरल पार्टनरको रुपमा डोल्पो विराटनगर किंग्ससँग जोडिएको हो ।

यो साझेदारीमार्फ गुणस्तर, समर्पण र स्थानीय प्रतिभाप्रति साझा विश्वास राख्ने दुई नेपाली ब्रान्डहरू एक साथ आएका विराटनगरले जनाएको छ ।

डोल्पो आफ्नो उत्कृष्ट डिजाइन, उच्च गुणस्तरीय र पर्फर्मेन्सका लागि उपयुक्त हुने एपेरलका लागि परिचित छ ।

विराटनगर किंग्ससँग सहकार्य गर्दै डोल्पोले टिमलाई क्रिकेट फिल्डमा उत्कृष्ट प्रदर्शन गर्न सहयोग गर्ने पर्फर्मेन्स गियर प्रदान गर्नेछ । जसले कोशी प्रदेशको गौरवलाई समेत प्रतिबिम्बित गर्नेछ । प्रत्येक जर्सी, ट्रेनिङ किट र अन्य एपेरलहरूले नेपाली उत्कृष्टताको भावना बोक्नेछन् ।

‘हामी हाम्रो आफ्नो टिमलाई समर्थन गर्न पाउँदा गर्व गर्छौं । ‘विराटनगर किंग्ससँगको साझेदारी मार्फत् हामी नेपाली प्रतिभालाई सघाउन र घरेलु खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छौँ,’ डोल्पोका प्रवक्ताले भने, यो केवल एपेरलको सहयोग मात्र होइन, यो त घरेलू उत्पादन र खेलकुदप्रतिको गौरव पनि हो ।’

कोशी प्रदेशको प्रतिनिधित्व गर्ने टिम विराटनगर किंग्सले नेपाल प्रिमियर लिगमा बलियो उपस्थिति जनाउने विश्वास राखेको छ ।

विराटनगरले एनपीएल दोस्रो संस्करणका लागि अन्तर्राष्ट्रिय क्रिकेट स्टार फाफ डु प्लेसीलाई अनुबन्धन गर्दै बलियो स्क्वायडका साथ उच्चस्तरमा प्रतिस्पर्धा गर्ने संकेत दिएको छ ।

डोल्पोको समर्थन पाएसँगै अब खेलाडीहरूले प्रत्येक खेलमा आत्मविश्वासका साथ गौरवशाली प्रदर्शन दिने विराटनगरको विश्वास राखेको छ ।

डोल्पो र विराटनगर किंग्सबीचको सहकार्य स्थानीय उत्पादन, उत्साह र प्रतिभाको उत्सवको रुपमा रहेको र नेपाली ब्रान्ड र खेलकुद टिमहरू एक साथ आएको खण्डमा देशका लागि साँच्चिकै केहि प्रेरणादायी कार्य गर्न सक्छन् भन्ने उदाहरणको रूपमा यस सहकार्यलाई लिन सकिने विराटनगरले जनाएको छ ।





Read More