― Advertisement ―

आर्टेमिस II डाटा विस्फोटले नासालाई अपोलो युगको रेडियो सीमाभन्दा बाहिर जंगली नयाँ लेजर संचार क्षेत्रमा धकेल्छ

प्रणालीले पुरानो डेटाको मात्रालाई हस्तान्तरण गर्न सक्दैन। कुशलतापूर्वकलेजर संचारले परम्परागत रेडियो प्रणाली भन्दा धेरै डाटा प्रसारण गर्दछइन्फ्रारेड प्रकाशले विशाल दूरीहरूमा उच्च-गति अन्तरिक्ष संचार सक्षम...
HomeLatest newsविपिन कार्की स्टारर ‘काजी’ नेपाली नयाँवर्षको छेकोमा आउने

विपिन कार्की स्टारर ‘काजी’ नेपाली नयाँवर्षको छेकोमा आउने


राष्ट्रिय

समाचार.

  • फिल्म ‘काजी’ को प्रदर्शन मिति २७ चैत तय भएको छ र लक्ष्मण रिजालले निर्देशन गरिरहेका छन्।
  • फिल्ममा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा लगायतका कलाकारको अभिनय छ।
  • रामप्रसाद रिजालको प्रस्तुति रहेको यो फिल्म ८ वर्षपछि रिजालको निर्देशनमा फर्किएको हो।

काठमाडौं । विपिन कार्की स्टारर फिल्म ‘काजी’ को प्रदर्शन मिति तय भएको छ । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै २७ चैतलाई प्रदर्शन मितिको रुपमा तय गरेका हुन् ।

यो फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरिरहेका छन् । रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको पोस्टरमा मुख्य पात्र विपिन कार्की फिचर्ड छन् । पोस्टरमा उनी केही गम्भिर र जवान छन् ।

पोस्टरमा केकी अधिकारी पनि चित्रित छिन् । मुख्य पात्रको हृदयमा चलेको आन्तरिक द्वन्द्वलाई पोस्टरमार्फत दर्शाउन खोजिएको छ । पोस्टरले यो फिल्म सम्बन्धको कथामा आधारित रहेको बुझ्न सकिन्छ ।

फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धिसागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा, दिक्षिता अर्यालको अभिनय छ ।

यो फिल्मबाट रिजाल ८ वर्षपछि निर्देशनमा फर्किएका छन् । खोजेको जस्तै स्क्रिप्ट पाएकाले निर्देशनमा फर्किएको उनले बताए ।

उनले यसअघि ‘कसम’, ‘धुवाँ यो नशा’, ‘अलबिदा’, ‘कायरा’ लगायतका फिल्म निर्देशन तथा ‘डिसेम्बर फल्स’ र ‘गणपति’को निर्माण गरेका थिए ।

रिजाल एण्ड रिजल प्रोडक्सनको व्यानरमा निर्माण रहेको फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका छन् । प्रदीप भारद्धाजको पटकथा, चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बाँस्कोटाको संगीत फिल्ममा छ ।

कार्यकारी निर्माता असिम काफ्ले, निर्माता नेहान रिजाल, बिकासराज जोशी छन् । वितरक श्रीराम बालाजी फिल्म्स छ ।





Read More