― Advertisement ―

अल्ट्रा कम्प्याक्ट NucBox K17 Mini PC लाई पकेट-आकारको फ्रेममा ट्रिपल-अङ्कको AI प्रदर्शन र ज्वलन्त-छिटो मेमोरी प्रदान गर्ने भेट्नुहोस्।

NucPUBAI, NucBox1 का लागि KPUBAI, फुल कार्यसम्पादनIntel Core Ultra 5 226V प्रोसेसरले कुशल, उच्च-गति कम्प्युटिङ प्रदान गर्दछIntegrated Arc 130V GPU ले INT8 परिशुद्धता प्रयोग...
Homeराष्ट्रिय समाचारविद्युत कटौतीविरुद्ध घोराही र सोनापुर सिमेन्ट उद्योगका मजदुरहरूले गरे प्रदर्शन

विद्युत कटौतीविरुद्ध घोराही र सोनापुर सिमेन्ट उद्योगका मजदुरहरूले गरे प्रदर्शन


News Summary

Generated by OK AI. Editorially reviewed.

  • घोराही सिमेन्ट र सोनापुर सिमेन्ट उद्योगका मजदुरहरुले दाङको घोराहीस्थित विद्युत प्राधिकरण कार्यालयमा धर्ना दिएका छन्।
  • मजदुरहरुले ‘रोजी रोटी खोस्न पाइँदैन’ र ‘श्रम गरी खान दे’ नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका छन्।
  • विद्युत् प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै बिजुलीको लाइन काटिदिएको र उद्योगीहरुले प्रमाण माग गरिरहेका छन्।

१६ कात्तिक, दाङ। घोराही सिमेन्ट र सोनापुर सिमेन्ट उद्योगका मजदुरहरुले दाङको घोराहीस्थित विद्युत प्राधिकरणको कार्यालयमा धर्ना दिएका छन् ।

‘रोजी रोटी खोस्न पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका मजदुरहरुले विद्युत् प्राधिकरण कार्यालय अगाडि नाराबाजी गरे । उनीहरुले ‘श्रम गरी खान दे’ लगायतका नारा लगाए ।

बक्यौता रकम नतिरेको भन्दै विद्युत् प्राधिकरणले बिजुलीको लाइन काटिदिएको थियो । बिजुलीको लाइन काटिदिएपछि रोजीरोटी संकटमा परेको मजदुरहरुको भनाइ छ ।

बक्यौताको प्रमाण दिन उद्योगीहरुले माग गर्दै आएका छन् । प्राधिकरणले प्रमाण नदिएसम्म रकम नतिर्ने उनीहरुको अडान छ ।





Read More