― Advertisement ―

‘म दुखी छु’: OpenAI ले ChatGPT-4o बन्द गरेको छ, र रिसाएको प्रयोगकर्ताहरूले यसलाई पुनर्स्थापना गर्न #keep4o अभियानलाई समर्थन गरिरहेका छन्

OpenAI ले आधिकारिक रूपमा असक्षम गरेको छ LOT><liChat माLOT-LiChat प्रयोगकर्ताहरूले यो स्विचको बारेमा भावनात्मक र अप्ठ्यारो महसुस गरिरहेका छन्एक आधिकारिक #keep4o अभियान चलिरहेको छहामीलाई...
HomeLatest newsविद्युत् नियमन आयोगले जारी गर्‍यो प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच निर्देशिका

विद्युत् नियमन आयोगले जारी गर्‍यो प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच निर्देशिका


राष्ट्रिय

समाचार.

  • विद्युत् नियमन आयोगले ऊर्जा मन्त्रालयको नीतिगत खाकामा आधारित ‘प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच निर्देशिका, २०८२’ जारी गरेको छ।
  • निर्देशिकाअनुसार ५ मेगावाटभन्दा बढी क्षमताका आयोजना र ३३ केभी वा माथिल्लो भोल्टेजमा जोडिएका उपभोक्ताले भेदभावरहित विद्युत् लिन सक्नेछन्।
  • खुल्ला पहुँचलाई दीर्घकालीन, मध्यकालीन र अल्पकालीन गरी तीन वर्गमा विभाजन गरी नेपाल विद्युत् प्राधिकरणलाई नोडल एजेन्सी तोकिएको छ।

१ माघ, काठमाडौं । विद्युत् नियमन आयोगले ‘प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच निर्देशिका, २०८२’ जारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जारी गरेको ‘जेनरल नेटवर्क एक्सेस फ्रेमवर्क’ को नीतिगत खाकाको आधारमा विद्युत् प्रणालीमा खुल्ला पहुँच व्यवस्था गर्ने, गराउने उद्देश्यले निर्देशिका जारी भएको हो ।

निर्देशिकाअनुसार ५ मेगावाट वा सोभन्दा बढी क्षमताका आयोजना, न्यूनतम १ मेगावाट क्षमता भएका क्याप्टिभ आयोजना र कन्ट्रयाक्ट इनर्जी ५ मेगावाट वा सोभन्दा बढी विद्युत् ३३ केभी वा सो भन्दा माथिल्लो भोल्टेजस्तरमा जोडिएका औद्योगिक तथा व्यापारिक उपभोक्ताले भेदभावरहित लिन सक्ने छन् ।

निर्देशिकामा अन्तरदेशीय विद्युत् व्यापारका लागि खुल्ला पहुँच प्रयोग गर्दा सोको क्षमता भने न्यूनतम् १० मेगावाट हुनुपर्ने उल्लेख छ । खुल्ला पहुँच प्रदान गरिएका निकायलाई निर्देशिकाको अधिनमा रही बिना भेदभाव प्रसारण वा वितरण प्रणाली प्रयोग गर्ने हक रहनेछ ।

दीर्घकालीन खुल्ला पहुँच (५ वर्षभन्दा बढी, विद्युत् खरिद सम्झौतामा तोकिएको अवधिसम्म), मध्यकालीन खुल्ला पहुँच (१ वर्षभन्दा बढी ५ वर्षसम्म) र अल्पकालीन खुल्ला पहुँच (१ वर्षसम्म, न्युनतम २४ घण्टा अवधिका लागि) गरी तीन वर्गको खुल्ला पहुँचको व्यवस्था गरिएको छ ।

खुल्ला पहुँच उपलब्ध गराउँदा दीर्घकालीनलाई प्रथम र अल्पकालीन पहुँचलाई तेस्रो प्राथमिकतामा राखिने उल्लेख छ।

खुल्ला पहुँचको निवेदन बुझ्ने र आवश्यक कारबाही गरी सेवा प्रदान गर्ने प्रयोजनका लागि नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभागलाई (सरकारले अन्यथा नतोकेसम्म) नोडल एजेन्सीको रुपमा तोकिएको छ ।

खुल्ला पहुँच प्रयोगकर्तालाई ९ किसिमले शुल्क तोकिएको छ । जसमा प्रसारण शुल्क, व्हिलिङ शुल्क, डेभिएसन सेटलमेन्ट शुल्क, क्रस सब्सिडी शुल्क, अतिरिक्त सरचार्ज, स्ट्यान्ड बाइ शुल्क, रिएक्टिभ ऊर्जा शुल्क, सेड्युलिङ शुल्क, तथा सञ्चालन शुल्क पर्दछन् ।

तर सबै खुल्ला पहुँच प्रयोगकर्तालाई सबै शुल्क लाग्ने छैन । यी शुल्कहरु समय समयमा आयोगले निर्धारण गरे बमोजिम परिवर्तन हुन सक्नेछ ।

दीर्घकालीन खुल्ला पहुँच प्राप्त गर्ने व्यक्तिले प्रणालीको स्तरोन्नति एवम् सुदृढीकरण वापतको रकममा समेत योगदान गर्नु पर्ने हुन सक्छ । खुल्ला पहुँचको कार्यान्वयनको लागि नोडल एजेन्सीले विस्तृत कार्यविधि बनाई कार्यान्वयन गर्नुपर्नेछ ।

खुल्ला पहुँच प्राप्तिका शर्तहरु उल्लेख भएको प्रसारण वा वितरण अनुमति पत्र प्राप्त व्यक्ति र ग्राहकबीच हुने सम्झौताको नमुना नोडल एजेन्सीले निर्माण गर्ने छ ।

खुल्ला पहुँचसम्बन्धी कुनै प्रकारको गुनासो भएमा गुनासो समाधान समितिसमक्ष निवेदन दिन सकिने र त्यस्तो समितिको निर्णय उपर चित्त नबुझेमा आयोगसमक्ष विवाद समाधानको लागि निवेदन गर्न सकिने व्यवस्था गरिएको छ ।

खुल्ला पहुँच निर्देशिकाले पूर्वतयारी र कार्यान्वयन दुवै पक्षलाई समेटेको छ । खुल्ला पहुँचलाई कार्यान्वयन गर्न आयोगले समेत केही थप निर्देशिका निर्माण गर्नुपर्ने, केन्द्रीय निकायले कार्यविधि र खुल्ला पहुँच सम्झौताको मस्यौदा निर्माण गर्नुपर्ने र प्रसारण तथा वितरण अनुमति पत्र प्राप्त व्यक्तिले समेत मिटरिङ्गसँग सम्बन्धित कार्य गरी खुल्ला पहुँचको कार्यन्वयन हुनेछ ।

कुनै पनि देशको विद्युत क्षेत्रमा खुल्ला पहुँच प्रारम्भ हुनु एक कोशेढुंगा हो । खुल्ला पहुँच प्रारम्भ हुँदा प्रसारण तथा वितरण संरचना निर्माणमा निजी क्षेत्रलाई प्रवेश गर्ने मार्गप्रशस्त हुन्छ । किनकि खुल्ला पहुँच अन्तर्गत वितरण तथा प्रसारणका संरचना निर्माण र संचालन गरे बापत त्यस्ता संरचनाको स्वामित्व भएका संस्थाले प्राप्त गर्ने दस्तुरहरु सम्बन्धी व्यावसायिक स्पष्टता रहन्छ । त्यसैगरी, विद्युत उत्पादकले नै विद्युतको बजार खोजी प्रत्यक्ष रुपमा विद्युत बेच्ने विकल्प खुल्ला रहन्छ ।

हाल नेपालको निजी क्षेत्रले विद्युत् व्यापारमा भूमिका खोजेको छ । यस निर्देशिकाले कुनै पनि प्रसारण अनुमति पत्र प्राप्त व्यक्तिको प्रसारण संरचनामा उपलब्ध रहेको क्षमता प्रयोग गरी निजी क्षेत्रलाई स्वदेश एवम् विदेशमा विद्युत् निर्यात गर्ने नियामकीय खाका प्रदान गर्नेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More