― Advertisement ―

OpenAI को पछिल्लो अधिग्रहणले यसको कोडेक्स कोडिङ सहायकको लागि बाटोमा ठूला परिवर्तनहरू देख्न सक्छ

एआईको पुष्टि गर्नको लागि यसको योजना खोल्नुहोस् र ओएआईको पुष्टि गर्नुहोस् पूर्वाधारकोडेक्सले ओनाको पूर्वाधारबाट लाभ उठाउन सक्छ, जसले लामो समयदेखि चल्ने कार्यहरूको लागि वातावरण...
Homeराष्ट्रिय समाचारविदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे गृहको मस्यौदामा जवाफ पठाउँदै निर्वाचन आयोग

विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे गृहको मस्यौदामा जवाफ पठाउँदै निर्वाचन आयोग



१३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे गृह मन्त्रालयको मस्यौदामा जवाफ पठाउँदै छ ।

आयोगले आजै जवाफ पठाउने तयारी गरेको छ । निर्वाचन आयोग स्रोतका अनुसार जवाफ पठाउने विषयमा छलफल चलिरहेको छ । एक अधिकारीले भने, ‘सम्भवत आजै जवाफ पठाउने कार्य हुन्छ ।’

सरकारले प्रवासी नेपालीलाई मताधिकार दिने गरी अध्यादेश ल्याउने तयारी गरेको छ । यसका लागि विदेशमा रहेका नेपालीलाई मताधिकार दिने कानुनी व्यवस्था गर्न लागिएको हो ।  जस अन्तर्गत गृह मन्त्रालयले प्रचलित ऐन संशोधनको मस्यौदा तयार पारेर सुझावका लागि निर्वाचन आयोग पठाएको छ ।

गृहमन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन र निर्वाचन कसुर तथा सजाय ऐनमा संशोधन गर्न लागेको हो । यस सम्बन्धी मस्यौदा तयार पारेर गृह मन्त्रालयले निर्वाचन आयोगमा पठाएको हो ।

गृह मन्त्रालयको कानुन महाशाखाका प्रमुख एवं सहसचिव भरतमणि रिजालका अनुसार निर्वाचन आयोगबाट जवाफ आएपछि सरकारले थप छलफल गरेर हगाडि बढाउनेछ ।

उनकाअनुसार मतदाता नामावली संकलनदेखि मतदान केन्द्र व्यवस्थापनसम्मका विषय निर्वाचन आयोगले बनाउने कार्यविधि अनुसार हुनेछ ।





Read More