― Advertisement ―

HomeLatest newsवार्ता चलिरहेकै बेला सुरु भयो मनोनयन दर्ता – KhabarHost

वार्ता चलिरहेकै बेला सुरु भयो मनोनयन दर्ता – KhabarHost



३० पुस, काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया सुरु भएको छ ।

मंगलबार बन्दसत्र सकिएपछि सुरु भएको निर्वाचन प्रक्रिया आज बिहानसम्मका लागि स्थगित भएको थियो । बिहानदेखि फेरि निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।

विशेष महाधिवेशन र संस्थापन पक्षबीच रातभर भएका वार्ता असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको विशेष महाधिवेशन पक्षधर नेताहरुले बताएका छन् । यद्यपि, वार्ता अहिले पनि जारी छ ।

निर्वाचन समितिले निर्वाचन कार्यतालिका परिवर्तन गर्दै प्रक्रिया अघि बढाएको हो । सुरुमा प्रकाशित तालिका अनुसार मनोनयन दर्ताको समय मंगलबार नै सकिएको थियो । त्यसलाई परिमार्जन गरी बिहानदेखि पुन: मनोनयन दर्ताको काम सुरु गरिएको छ ।

रातभरका विभिन्न चरणमा भएका वार्तामा सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि निर्वाचनमार्फत नै पार्टीको नीति र नेतृत्व परिवर्तन गर्न लागिएको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ ।

आज बिहान पनि दुई पक्षबीच वार्ता जारी नै छ । वार्तामा सहभागी भएका एक नेताले सहमतिको सम्भावना क्षीण भएको बताएका छन् ।

यसैबीच विशेष महाधिवेशनका नेताहरूले पदाधिकारीको खाकासमेत तयार गरिरहेको जनाइएको छ । वार्ता पनि जारी रहेकोले मनोनयन दर्ताको समय थपिने निर्वाचन समितिले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More