― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsवामदेव गौतम – KhabarHost

वामदेव गौतम – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपाका नेता वामदेव गौतमले देशका ६४ लाख घरमा पुगेर माफी माग्ने र तीन लाख आइटी आर्मी बनाउने बताएका छन्।
  • गौतमले विगतमा आफूले उपप्रधान तथा गृहमन्त्री भएर पनि नेपाल विकास गर्न नसकेको स्वीकार गर्दै आत्मालोचना गरेका छन्।
  • उनले फागुन २१ को निर्वाचनपछि नेकपाको सरकार बन्ने दाबी गर्दै नेताहरूलाई भाग्ने छुट नभएको चेतावनी दिएका छन्।

२७ मंसिर, सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले देशका ६४ लाख घरमा पुगेर माफी माग्ने र तीन लाख आइटी आर्मी बनाउने बताएका छन् ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै गौतमले भाषण गरेर हिँड्ने मात्रै नभई जनताको घरदैलोमा पुगेर माफी माग्न आफ्नै नेताहरूलाई आग्रह गरे । ‘हाम्रो देशमा अहिले ६४ लाख घर परिवार छन् । यी नै परिवारमा २ करोड ९२ लाख जनसङ्ख्या रहन्छन् । ६४ लाख परिवारमा पुग्नै पर्छ, गएर माफी माग्नै पर्छ’ नेता गौतमले भने ।

उनले नेकपाले समाजवाद निर्माण गर्न नसके आफूहरू जेलमा कोचिन समेत तयार रहेको बताए । विगतमा आफूहरू पटक पटक सत्तामा हुँदा चाहेर पनि धेरै कुरा गर्न नसकेको भन्दै गौतमले आत्मा आलोचना समेत गरे । ‘विगतमा म तीन पटक उपप्रधान तथा गृहमन्त्री भए । तर नेपाल विकसित हुन सकेन । त्यसैले म आत्मालोचना गर्छु । सरकारमा रहँदा जति गर्नुपर्ने थियो, त्यति मैले गरिन्’ उनले भने ।

उनले यो देशको विकास नहुनामा अरू पार्टीका नेताहरू जतिकै नेकपा नेताहरू पनि जिम्मेवार रहेको स्वीकारे । ‘हामी सत्तामा हुँदा भनेअनुसार काम गर्न नसकेकै हो । त्यस प्रति हामी आत्मालोचना गर्दछौँ । तपाईंहरूसँग माफी माग्छौ’ उनले भने, ‘भविष्यमा त्यो गल्ती दोहोर्‍याउने बाचा गर्दछौँ ।’

गौतमले ३ लाख शक्ति भएको आइटी आर्मी बनाएर पार्टी विरुद्ध बोल्नेहरूमाथि प्रहार गर्ने बताए । उनले उक्त आइटी आर्मी छिटो भन्दा छिटो बनाउन नेताहरूलाई मञ्चबाटै आग्रह समेत गरे ।

उनले फागुन २१ को निर्वाचन पछि नेकपाको सरकार बन्ने दाबी समेत गरे । ‘नेकपाले आयोजना गरेको भेलामा जनलहर उर्लेको छ । फागुन २१ को निर्वाचनबाट हामी सरकार बनाउने सक्ने क्षमताका साथ अहिले उपस्थिति भएका छौ । अव हामी सरकार बनाउने तयारीमा लाग्नुपर्दछ,’ उनले भने ।

निकै आक्रामक सम्बोधन गरेका गौतमले अब नेताहरूलाई भाग्ने छुट नभएको बताए । विगतमा भएका कमजोरीहरूलाई खुलेर स्वीकार गरेका गौतमले जनतालाई भ्रममा नपार्न आफ्नै नेतृत्वलाई चेतावनी समेत दिए । ‘जनतालाई ढाँट्नका लागि मात्र समाजवाद नभन्नुहोस्,’ उनले भने।





Read More