― Advertisement ―

HomeLatest newsवर्ल्ड एथ्लेटिक्स सीइसीएस लेभल वान कोर्स सम्पन्न – KhabarHost

वर्ल्ड एथ्लेटिक्स सीइसीएस लेभल वान कोर्स सम्पन्न – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल एथलेटिक्स संघको आयोजनामा माघ २ देखि ६ गतेसम्म वर्ल्ड एथ्लेटिक्स सीइसीएस लेभल वान कोर्सको पहिलो चरण सम्पन्न भएको छ।
  • पहिलो चरणको कोर्समा ३० प्रशिक्षक सहभागी थिए र प्रशिक्षकहरूलाई भारतका प्रभाकरण राधा कृष्नन् नायर र सुशिलनरसिंह राणाले प्रशिक्षण दिएका थिए।
  • सीइसीएस लेभल वान कोर्सबाट उत्कृष्ट ७ प्रशिक्षकले लेभल टु कोर्सका लागि छनोट भएका छन् र दोस्रो चरण माघ ८ देखि १२ गतेसम्म सञ्चालन हुने संघले जनाएको छ।

६ माघ, काठमाडौं । नेपाल एथलेटिक्स संघको आयोजनामा वर्ल्ड एथ्लेटिक्स सीइसीएस लेभल वान कोर्सको पहिलो चरण सम्पन्न भएको छ ।

माघ २ देखि ६ गतेसम्म पाँच दिन सञ्चालन भएको पहिलो चरणको कोर्समा ३० प्रशिक्षक सहभागि थिए ।

कोर्समा ओलम्पियन सन्तोषी श्रेष्ठ, हरि कुमार रिमाल, युवा त्रावकहरु अजित कुमार यादव, आदेश कुमार यादव लगायत सहभागि थिए ।

एथ्लेटिक्स फेडेरेसन भारतका मुख्य प्रशिक्षक प्रभाकरण राधा कृष्नन् नायर र आईएएफएफ सर्टिफाइड लेक्चरर सुशिलनरसिंह राणाले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

सहभागीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा नेपाल एथ्लेटिक्स संघका उपाध्यक्ष जगतसिंह धामी, एथ्लेटिक्स संघका उपाध्यक्षद्वय सर्वेन्द्र खनाल, सन्तोष ढकाल लगायतले एक कार्यक्रमबीच मंगलबार प्रमाण पत्र प्रदान गरे ।

सीइसीएस लेभल वान कोर्सबाट उत्कृष्ट ७ प्रशिक्षक लेभल टु कोर्सका लागि समेत छनोट भएका छन् । जसमा सन्तोषी श्रेष्ठ, आदेश कुमार यादव, अजित कुमार यादव लगायत ७ जना छन् ।

दोस्रो चरणको प्रशिक्षण माघ ८ देखि १२ गतेसम्म सञ्चालन हुने संघले जनाएको छ ।

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More