― Advertisement ―

UFC 327 साँच्चै सस्तो हेर्न को लागी एक डरलाग्दो तरीका छ …

UFC 327 ले मियामीको कासेया सेन्टरमा रहेको खाली UFC लाइट हेवीवेट च्याम्पियनसिपको लागि Jiří Procházka ले कार्लोस उलबर्गसँग खेल्दा उच्च दांवको नाटक गर्ने वाचा...
HomeLatest newsवडा र क्षेत्रपछि सिधै महाधिवेशन गरौं – KhabarHost

वडा र क्षेत्रपछि सिधै महाधिवेशन गरौं – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई तहको अधिवेशन गरेर केन्द्रीय महाधिवेशन गर्न सकिने बताएका छन्।
  • कांग्रेसले १६ पुसमा वडा तहको अधिवेशन गरेर २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ।
  • क्रियाशील सदस्यता नवीकरण र विधान संशोधन मस्यौदा समिति गठन हुन सकेको छैन।

१० पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तलको पार्टी संरचनामा दुई तहको अधिवेशन गरेर केन्द्रीय महाधिवेशन गर्न सकिने बताएका छन् ।

बुधबारदेखि जारी कार्यसम्पादन समितिको बैठकमा बिहीबार बोल्ने क्रममा महामन्त्री शर्माले वडा, क्षेत्रको अधिवेशन गरेपछि प्रतिनिधि चयन हुने हुँदा केन्द्रीय महाधिवशेन गर्न सकिने विकल्प अघि सारेका हुन् ।

सात तहको अधिवेशन गर्ने कार्यतालिका परिमार्जन गरेर तीन तहको अधिवेशन गर्नुपर्ने विचार राखे । कांग्रेसले १६ पुसमा वडा तहको अधिवेशन गरेर २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।

क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणका लागि छुट्याइएको कार्यतालिका प्रभावित भइसकेको छ । विधान संशोधन मस्यौदा समिति पनि गठन हुन सकेको छैन ।





Read More