― Advertisement ―

प्राइम भिडियोमा द ब्वाइज सिजन ५ एपिसोड ३ को रिलिज मिति के हो?

को अर्को राउन्डको लागि तयार छ The Boys? म अनुमान गर्छु कि तपाईं हुनुहुन्छ, अन्यथा तपाईं सिजन 5 एपिसोड 3 कहिले रिलिज हुनेछ भनेर...
Homeखेलकुद़़लुम्बिनी लायन्स र शाइन रेसुंगा विकास बैंकबीच सम्झौता

लुम्बिनी लायन्स र शाइन रेसुंगा विकास बैंकबीच सम्झौता


News Summary

Generated by OK AI. Editorially reviewed.

  • लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई आफ्नो होम बैंक पार्टनर चयन गरेको छ।
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र लुम्बिनी लायन्सका म्यानेजर लक्ष्मणदेव आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
  • नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म क्यानको आयोजनामा हुँदैछ।

११ कात्तिक, बुटवल । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टिम लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘होम बैंक पार्टनर’ छनोट गरेको छ ।

‘होम डेभलपमेन्ट बैंक पार्टनर’ सम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र लुम्बिनी लायन्सका म्यानेजर लक्ष्मणदेव आचार्यले हस्ताक्षर गरेका छन् ।

टिम म्यानेजर आचार्यले शाइन रेसुंगा लुम्बिनी प्रदेशमा स्थापना भई प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक भएकाले साझेदार बनाएको बताए । बैंकसंगको साझेदारीले खेलाडीमा लगानी गर्न सहज भएको र टिमकै हौसला बढेको आचार्यले बताए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पनेरुले क्रिकेट खेलको विकास र खेलाडीको प्रोत्साहनका लागि प्रदेशको प्रतिनिधित्व गर्ने टिमसंग सहकार्य गरेको बताए ।

बैंकका चिफ ब्राण्डिङ अफिसर प्रभास राईले नेपालकै प्रतिष्ठित क्रिकेट प्रतियोगितामा खेल्ने टिम लुम्बिनी लायन्ससँग बैंकको साझेदारीले समग्र लुम्बिनी प्रदेशको ब्राण्डिङ र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास लिएको बताए ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी मंसिर १ देखि २७ गतेसम्म नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु हुँदैछ ।

एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।





Read More