― Advertisement ―

सामसुङले विश्व कप अगावै आफ्ना उत्कृष्ट मूल्याङ्कन गरिएका टिभीहरूमा मूल्य घटाउँदै छ — यहाँ $२२९.९९ बाट मेरा शीर्ष सिफारिसहरू छन्

यदि तपाईं विश्व कपको लागि नयाँ टिभी खोज्दै हुनुहुन्छ भने, Samsung सँग अहिले यसको उत्कृष्ट मूल्याङ्कन गरिएको 4K, राउन्ड अप, OLLED, मेरो TV, OLED...
HomeLatest newsलुम्बिनी लायन्सको उडान – KhabarHost

लुम्बिनी लायन्सको उडान – KhabarHost


लुम्बिनी लायन्स टिमले लिगमा पूछारमा रहँदै पहिलो सिजन सकाएको थियो । दोस्रो सिजनमा भने रोहितकै नेतृत्वमा लुम्बिनी लायन्सले फाइनसम्मको उडान तय गरेको छ ।

राष्ट्रिय

समाचार.

  • लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगको दोस्रो सिजनमा फाइनलमा स्थान बनाएको छ र अब उपाधि जित्न एक खेल मात्र बाँकी छ।
  • लुम्बिनीले क्वालिफायर टु मा विराटनगर किंग्सलाई ४० रनले हराउँदै फाइनल भेट पक्का गरेको छ भने सुदूरपश्चिम रोएल्सले पहिलो क्वालिफायर जितेर फाइनल पुगेको छ।
  • लुम्बिनीका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै १३४ रनको स्कोर डिफेन्ड गरेका थिए र तिलक राज भण्डारी प्लेअर अफ द म्याच घोषित भएका थिए।

२५ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले कप्तानी गरेको लुम्बिनी लायन्सका लागि नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजन सम्झनलायक रहेको थिएन ।

लुम्बिनी लायन्स टिमले लिगमा पूछारमा रहँदै पहिलो सिजन सकाएको थियो । दोस्रो सिजनमा भने रोहितकै नेतृत्वमा लुम्बिनी लायन्सले फाइनसम्मको उडान तय गरेको छ । अब एक खेल जितेमा उपाधि नै जित्नेछ ।

पहिलो सिजन च्याम्पियन बनेको जनकपुर दोस्रो सिजन लिग चरणमा पूछारमा रह्यो । बोल्ट्सले जम्मा एक खेल मात्र जित्यो । दोस्रो सिजन बोल्ट्सले उल्टो यात्रा तय गर्‍दा लुम्बिनीले पनि फरक खालको यात्रा तय गरिरहेको छ । तर पहिलो सिजनको अन्तिम स्थानमा रहेको लुम्बिनीले यस सिजन भने गज्जबको यात्रा तय गर्दै फाइनल पुगेको छ ।

लिग चरणमा चौथो स्थानमा रहेको लुम्बिनीले एलिमिनेटर र क्वालिफायर २ जित्दै फाइनलमा स्थान बनाएको हो ।

बिहीबार भएको क्वालिफायर टु मा लुम्बिनीले सन्दिप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सलाई ४० रनले हराउँदै सुदूरपश्चिम रोएल्ससँग फाइनल भेट पक्का गरेको छ । सुदूरपश्चिमले पनि पहिलो क्वालिफायरमा विराटनगरलाई नै पराजित गरेको थियो । विराटनगर भने दुई क्वालिफायर खेल्ने अवसर पाएपनि दुवैमा पराजित हुँदै अभागी रहेर फाइनल होडबाट बाहिरियो ।

लिग चरणमा पनि सुरुवाती तीन खेल जित्दा लयमा देखिएको विराटनगरले त्यसपछि भने लयलाई निरन्तरता दिन सकेन । जितको यात्रामा ब्रेक लागेपछि विराटनगरको प्रदर्शनमा उतारचढाव देखियो ।

लिगको अन्तिम खेलमा सुदूरपश्चिम विरुद्ध विष्फोटक ब्याटिङ गरेर १२ ओभरमै जित हात पारेपनि प्लेअफका पछिल्ला दुई खेलमा भने विराटनगरको ब्याटिङ जादु देखिएन । सुदूरपश्चिम विरुद्ध १५६ रनको लक्ष्य पछ्याउँदा ७८ रनमै अलआउट (१४.१ ओभर) भएको विराटनगर लुम्बिनी विरुद्ध पनि १३ बल बाँकी छँदै ९४ रनमा अलआउट भयो ।

लिगमा चौथो भएको लुम्बिनीले लिगमा तेस्रो भएको काठमान्डु लायन्सलाई एलिमनेटरमा र लिगमा दोस्रो भएको विराटनगरलाई क्वालिफायर टु मा पराजित गर्दै पछि पारिसकेको छ । अब एउटा अन्तिम खेलको रूपमा सुदूरपश्चिमसँग फाइनल खेल्न बाँकी छ ।

लुम्बिनीले लिग चरणमा खेलेका ७ मध्ये ४ खेल जित्दा तीन खेलमा पराजित भएको थियो । त्यसमध्ये काठमान्डुसँग एलिमिनेटरमा बदला लिइसकेको छ । यसबाहेक लिगमा लुम्बिनी कर्णाली याक्स र सुदूरपश्चिम रोएल्ससँग पराजित भएको थियो । कर्णाली लिग चरणबाटै बाहिरिसकेको छ भने सुदूरपश्चिम लिगमा शीर्ष स्थानमा थियो र पहिलो क्वालिफायर जित्दै फाइनल पनि पुगिसकेको छ । अब सुदूरपश्चिमसँग पनि बदला लिने अवसर लुम्बिनीलाई छ ।

लुम्बिनीले यस सिजन भने विराटनगरविरुद्ध खेलेको दुवै खेल जित्यो । लिग चरणमा विराटनगरलाई ५ विकेटले हराएको लुम्बिनीले क्वालिफायरमा भने उत्कृष्ट बलिङ गर्दै १३४ रनको स्कोर डिफेण्ड गरेको हो ।

फाइनलसम्मको यात्रा तय गर्ने क्रममा लुम्बिनीले लगातार पाँच खेल जितेको छ । पहिलो खेलमा चितवन राइनोजलाई हराएर सानदार सुरुवात गरेपनि त्यसपछि लुम्बिनी लगातार तीन खेलमा पराजित भयो ।

कुनै बेला लिग चरणबाटै बाहिरिने खतरामा पुगेको लुम्बिनीले त्यसपछि भने सानदार कमब्याक गर्दै लगातार खेल जितेको छ । लिग चरणमा पोखरा एभेनेजर्स, विराटनगर किंग्स र जनकपुर बोल्ट्सलाई लगातार पराजित गरेपछि ८ अंक जोड्दै प्लेअफ पुगेको लुम्बिनीको जित यात्रा अझै रोकिएको छैन ।

एलिमिनेटरमा काठमान्डुलाई ४ विकेटले हराएको लुम्बिनीले क्वालिफायर टु मा विराटनगरलाई ४० रनले हरायो । यस सिजन सुदूरपश्चिमपछि लगातार पाँच खेल्ने जित्ने लुम्बिनी दोस्रो टिम समेत बनेको छ । सुदूरपश्चिमले लिगमा लगातार ६ खेल जितेको थियो । तर लिगको आफ्नो अन्तिम खेलमा विराटनगर किंग्ससँग पराजित भएपछि जितको यात्रामा ब्रेक लागेको थियो ।

लुम्बिनी लायन्सका ओपनर डार्शी शर्टले हरेक खेल फाइनल जस्तै रहेको र अब अन्तिम खेल पनि जित्ने आशा राखेका छन् । ‘हामीले हरेक खेल जित्नुपर्ने थियो र खेलाडीले राम्रो खेले । आशा छ अब एक खेल पनि जित्छौं’ उनले भने ।

डार्शी शर्टले विराटनगर विरुद्ध २० रन जति कम भएपनि बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा जित सम्भव भएको बताए । ‘इमानदार भएर भन्दा २० रन सर्ट थियौँ तर बलिङ राम्रो गर्‍यौँ । क्रेडिट ब्वाइजलाई जान्छ । उनीहरुले चाँडै विकेट लिए’ अष्ट्रेलियन ब्याटर शर्टले पोष्ट म्याच कन्फेरेन्समा भने ।

बिग बास लिग (बीबीएल) मा दुई पटक सर्वाधिक रन बनाउने खेलाडी रहेका शर्टले एनपीएलमा पनि लुम्बिनी लायन्सका लागि पछिल्ला खेलहरुमा महत्वपूर्ण योगदान दिइरहेका छन् । उनी ९ खेलमा २४२ रन बनाउँदै सर्वाधिक रन बनाउनेमा पाँचौ स्थानमा समेत उक्लेका छन् ।

उता विराटनगरका मुख्य प्रशिक्षक धम्मिका प्रसादले भने एक सय रन पनि नबन्दा केही समस्या भएको बताए । ‘जसरी हाम्रो ब्याटिङ लाइनअप थियो त्यो हेर्दा १०० रन पनि नबन्नु पक्कै केही समस्या छ ।’ धम्मिकाले पोष्ट म्याच कन्फेरेन्समा भने ।

दमदार बलिङ प्रदर्शन

लुम्बिनीले यस संस्करणमा पहिले ब्याटिङ गर्दा कुनैपनि खेल जितेको थिएन । योगफल खडा गरेर डिफेन्ड गर्दै जितेको यो पहिलो खेल थियो । यस जितमा बलरहरू फेरि नायक बने ।

शेर मल्लको मिस्ट्री स्पीन र रुबेन ट्रम्पलमनको बाँयाहाते पेस बलिङले संयुक्त रूपमा विपक्षीको टप अर्डर ध्वस्त पार्दै आएका थिए । आज त्यसमा लेगस्पीनर तिलक राज भण्डारी अनि बाँयाहाते स्पीनर अभिशेष गौतमको पनि साथ रह्‍यो ।

१३४ रनको योगफल डिफेन्ड गर्ने क्रममा लुम्बिनीले सुरवातदेखि नै विराटनगरलाई दबाबमा राख्यो । खेलको पहिलो ओभरमै ट्रम्पलमनले मार्टिन गप्टिललाई आउट गरे भने लगत्तै अर्को बलमा लोकेश बमलाई पनि एलबीडब्लु धरापमा पारे ।

त्यसपछि शेर मल्लले ठूलो सफलता हात पार्ने क्रममा फाफ डुप्लेसीलाई बोल्ड गरिदिए । शेरको स्पीनलाई फाफले रिड गर्नै सकेनन् । विराटनगर २ ओभरमा ७-३ को अवस्थामा पुगिसकेको थियो । त्यहाँबाट विराटनगरले पुनरागमन गर्नै सकेन ।

मध्यक्रमका ब्याटरहरूले जिम्मेवारी लिएर ब्याटिङ गर्नुपर्नेमा खराब शटहरू खेलेर विकेट गुमाइरहे, लुम्बिनीले त्यो मोमेन्टम लिइरह्‍यो ।

पावरप्ले सकिएपछि सातौं ओभरमा तिलकले शंकर रानालाई आउट गरे । १०औं ओभरको अन्तिम बलमा जेजे स्मिथले सेट ब्याटर साम हिजलेटलाई आउट गरेपछि विराटनगर ५८-५ को अवस्थामा थियो ।

रनरेटमा धेरै पछाडि नभएपनि विराटनगरले विकेट नै धेरै गुमाइसकेको थियो । १२औं ओभरमा तिलकले बसिर अहमदलाई पनि आउट गरे  भने १३औं ओभरमा बाँयाहाते स्पीनर अभिशेष गौतमले सन्दीप लामिछानेको विकेट लिएपछि विराटनगरले खेलमा नियन्त्रण गुमाइसकेको थियो ।

१५औं ओभरमा अभिशेषले मर्चेन्ट डे लाङ अनि १६औं ओभरमा तिलकले प्रतिशलाई आएट गरे । १८औं ओभरमा नरेन भट्टलाई जेजे स्मिथले आउट गरेपछि विराटनगर ९४ रनमै अलआउट भयो अनि लुम्बिनीले दमदार जित हासिल गर्‍यो ।

३ विकेट लिएका तिलक प्लेअर अफ द म्याच घोषित भए ।

शर्ट र रोहितको साझेदारी

टस हारेपछि ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा १३४ रन जोडेको थियो । त्यसका लागि ८ विकेट गुमायो ।

लुम्बिनीको ब्याटिङमा विशेषगरी ओपनर डार्शी शर्ट र कप्तान रोहित पौडेलको साझेदारी महत्वपूर्ण रह्यो । ८ रनमै पहिलो विकेट गुमाएपछि शर्ट र रोहितले दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए ।

ओपनर शर्टले ४१ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ४५ रन बनाए । रोहितले ३० बल खेल्दै २ चौका र २ छक्का प्रहार गरी ३४ रन योगदान गरे । श्रीलंकन विकेटकिपर ब्याटर निरोशन डिकवेलाले २२ बलमा ४ चौका प्रहार गरी २९ रन योगदान गरे ।

डिकवेलाको आगमनपछि लुम्बिनीको मिडल अर्डर सम्हाल्ने काम गरेका छन् । अर्को छेउबाट विकेट जाँदा पनि डिकवेलाले आफ्नो अनुभव देखाएका छन् । ठूलो स्कोर नगरेपनि उनको अनुभव लुम्बिनीका लागि सहयोगी बनेको छ ।

विराटनगरका बलरहरुले पनि उत्कृष्ट पुनरागमन गर्दा लुम्बिनीले पछिल्ला १० ओभरमा सुरुवाती १० ओभर जस्तो रन जोड्न सकेन । पहिलो १० ओभरमा ६९/१ रन बनाएको लुम्बिनीले त्यसपछिको १० ओभरमा ६५/७ रन मात्र जोड्न सक्यो ।

विराटनगरका सुभाष भण्डारीले किफायती बलिङ सहित ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । प्रतिश जिसीले पनि ३ विकेट लिने क्रममा ४ ओभरमा २५ रन खर्चे । यस्तै कप्तान सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए ।

नयाँ च्याम्पियन पाउने पक्का

सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनल पुगेको हो भने लुम्बिनी लायन्स पहिलो पटक फाइनल पुगेको हो ।

अब यी दुई टोलीमा जसले जितेपनि एनपीएलले नयाँ च्याम्पियन पाउनेछ । पहिलो संस्करणमा फाइनल पुगेपनि सुदूरपश्चिम रोएल्स जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो ।

यस पटक लिगमा शानदार प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायर जितेर फाइनल पुगिसकेको छ । दोस्रो प्रयासमा सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यमा छ ।

अर्कोतर्फ लुम्बिनीले यस सिजन उतारचढाव व्यहोर्दै फाइनलसम्मको यात्रा तय गरेको छ । पछिल्ला खेलहरुमा लुम्बिनीले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम राखेको छ र त्यो लयलाई फाइनलमा पनि निरन्तरता दिँदै च्याम्पियन बन्ने लक्ष्यमा छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More