― Advertisement ―

UAE मा ठूला सौर्य फार्महरूले गल्तिले वर्षाको आँधी सिर्जना गर्न सक्छ जसले मरुभूमिहरूले पानीको अभावलाई कसरी व्यवस्थापन गर्न सक्छ भनेर पुन: आकार दिन सक्छ।

अँध्यारो मात्रै पानीमा परिणत हुँदैन, तातो बादलमा परिणत हुँदैन बिजुली२० वर्ग किलोमिटरको सौर्य फार्मले क्लाउड सिडिङको वर्षभन्दा बढी वर्षा उत्पादन गर्छपर्सियन गल्फको आर्द्र हावाले...
HomeLatest newsलुम्बिनीको शानदार पुनरागमन – KhabarHost

लुम्बिनीको शानदार पुनरागमन – KhabarHost


४ खेलमा २ अंक मात्र जोड्न सकेपछि लुम्बिनीका लागि हरेक खेल ‘गर या मर’जस्तै थिए । चुनौतीका बीच लुम्बिनीले त्यसपछि शानदार पुनरागमन गर्दै बाँकी तीनवटै खेल जितेर प्लेअफमा स्थान बनाउन सफल भएको छ ।

राष्ट्रिय

समाचार.

  • लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेटमा लगातार तीन हारपछि शानदार पुनरागमन गर्दै प्लेअफमा स्थान बनाउन सफल भएको छ।
  • कप्तान रोहित पौडेलले ३४ रन बनाएर र २ विकेट लिएर प्लेयर अफ द म्याच घोषित भए र आफ्नो आमाप्रति अवार्ड समर्पित गरे।
  • जनकपुर बोल्ट्सले ६ खेलमा १ जित मात्र हासिल गरी लिग चरणबाटै बाहिरिएको छ र कप्तान जान निकोल लफ्टी इटनले फिल्डिङ र ब्याटिङ सुधार आवश्यक भएको बताए।

१९ मंसिर, काठमाडौं । गत संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लिग चरण पार गर्न नसकेको लुम्बिनी लायन्सले दोस्रो संस्करणमा लोगोदेखि जर्सी अनि खेलाडीदेखि प्रशिक्षकसम्म परिवर्तन गरेको थियो ।

सुरुवाती खेलमै जित हासिल गरेर परिवर्तनलाई सार्थक बनाउने संकेत दिएको लुम्बिनीले त्यसपछि भने लगातार तीन हार बेहोर्‍यो, जसले टोलीलाई प्लेअफमा पुग्न चुनौतीपूर्ण अवस्थामा पुर्‍याएको थियो ।

४ खेलमा २ अंक मात्र जोड्न सकेपछि लुम्बिनीका लागि हरेक खेल ‘गर या मर’जस्तै थिए । चुनौतीका बीच लुम्बिनीले त्यसपछि शानदार पुनरागमन गर्दै बाँकी तीनवटै खेल जितेर प्लेअफमा स्थान बनाउन सफल भएको छ ।

प्रतियोगिताकै बीचमा पनि विदेशी खेलाडीदेखि ब्याटिङ अर्डरमा पनि परिवर्तन गर्दा त्यसले सकारात्मक नतिजा टोलीलाई दिएको छ । शुक्रबार भएको जनकपुर बोल्ट्ससँगको निर्णायक खेल जित्दै लुम्बिनीले अन्य समीकरणलाई पनि ‘डिसमिस’ गरेको छ ।

लुम्बिनीलाई जिताउन ब्याटबाट ३४ रन अनि बलिङमा २ विकेट लिएका कप्तान रोहित पौडेल प्लेयर अफ द म्याच घोषित भए । उक्त अवार्ड उनले आमाप्रति समर्पित पनि गरे ।

अब लुम्बिनीले इलिमिनेटरमा काठमान्डु गोर्खाज वा विराटनगर किङ्समध्ये एकसँग खेल्नेछ । लुम्बिनीका कप्तान रोहित पौडेलले अब बाँकी खेलमा यही मोमेन्टम लिएर जाने बताएका छन् ।

प्लेयर अफ द म्याचको अवार्ड अनि आमाका साथमा रोहित । तस्वीर : एनपीएल

लुम्बिनीको पुनरागमन

यस संस्करण लुम्बिनीले पहिलो खेलमै जित निकालेर राम्रो संकेत दिएको थियो । तर त्यसपछि भने लुम्बिनीले लय गुमाउँदा लगातार तीन हार बेहोरेपछि प्लेअफ सम्भावना कमजोर बनेको थियो ।

पाँचौं खेलअघि लुम्बिनीको टोलीमा केही परिवर्तन भए । अफगान अलराउन्डर गुल्बादिन नाइब आईएल‌ टी-२० खेल्न दुबई फर्किने भएपछि लुम्बिनीले श्रीलंकन विकेटकिपर ब्याटर निरोशन डिक्वेलालाई टोलीमा ल्याएको थियो । त्यहाँबाट सुरु भयो लुम्बिनीको पुनरागमन ।

‘एकदम इमोसनल मोमेन्ट पनि थियो, गत सिजन सोचेको जस्तो भएको थिएन, यसपटक केही प्रमाणित पनि गरेर देखाउनु थियो । धेरै अप एन्ड डाउन भयो टिमको तर कमब्याक गर्‍यौं, टिमले धेरै राम्रो गरिरहेको छ, यही मोमेन्टम लिएर अगाडि जानेछौं’ कप्तान रोहितले भने  ।

डिक्वेलाको आगमनले लुम्बिनीको मिडल अर्डर बलियो बनाएको थियो । यसअघि ओपनिङमा पठाइएका सन्दीप जोरा पनि आफ्नै मिडल अर्डर पोजिसनमा फर्किएका थिए । लुम्बिनीले पाँचौं खेलमा पोखरा एभेन्जर्सलाई हरायो भने छैटौं खेलमा विराटनगर किङ्सलाई पराजित गर्‍यो ।

यसपछि ६ अंक जोडेको लुम्बिनीले शुक्रबार जनकपुर बोल्ट्सलाई हराएमा प्लेअफ पुग्ने समीकरण बनेको थियो । नेट रनरेटको चिन्ता पनि गर्नुपर्ने थिएन । जनकपुरमाथि सहज जित हासिल गर्दै लुम्बिनी प्लेअफमा पुग्यो ।

खेलपछि कुरा गर्दै कप्तान रोहित पौडेलले कुनै प्रेसर नलिइ खेलेको बताए । ‘हामीलाई थाहा थियो रनरेट म्याटर गर्दैन भन्ने, सजिलो जिते पुग्छ भन्नेमा थियौं, अलि चाँडै भ्याइन्थ्यो होला तर बीचमा अलि विकेट गयो’ उनले भने ।

त्यसअघि खेलमा जनकपुरले टस जितेर पहिले ब्याटिङ गरेपनि लुम्बिनीले नै सुरुवातदेखि दबाब बनाउन थालेको थियो । दुई ओपनर माज सदाकत र आसिफ शेख अनि अनिल साहलाई पावरप्लेभित्रै आउट गरेपछि लुम्बिनीले जनकपुरमाथि दबाब बनाएको थियो ।

संगीथ कूरे र मयन यादवले अन्त्यसम्म संयमित साझेदारी बनाएपछि जनकपुरले १३२ रनको योगफल बनाएको थियो । योगफल केही कम देखिएपनि पिच अनुसार चुनौतीपूर्ण हुन सक्थ्यो ।

जवाफी ब्याटिङमा उत्रिएपछि पहिलो बलमै ओपनर सुमित महर्जन आउट भएर लुम्बिनीको सुरुवात राम्रो देखिएन, तर त्यसपछि डार्शी शर्ट र कप्तान रोहित पौडेलले ६१ रनको साझेदारी बनाए । शर्टले ३० रन बनाए । कप्तान रोहित पौडेलले ३४ रन बनाए ।

आठौं ओभरमा शर्ट आउट भएपछि डिक्‍वेला क्रिजमा आए । डिक्वेलाले टोलीमा आगमनपश्चात् हरेक खेलमा राम्रो प्रभाव पार्दै आएका छन् । आजको खेलमा लक्ष्य पनि धेरै नभएकाले केही समय लिएर संयमित ब्याटिङ गरेका थिए । अर्का विदेशी खेलाडी जेजे स्मिटले पनि २१ रनको योगदान दिए ।

बीचमा जनकपुरले केही क्‍वीक विकेटहरू लिँदा खेल अन्तिम ओभरसम्म पुगेको थियो । तर लुम्बिनी जितको नजिक पुगिसकेकाले जित्न कठिन भने भएन ।

कप्तान रोहित पौडेलले कमब्याक गरेर प्लेअफमा पुगिने विश्वास टिमभित्र सबैले राखेको बताए । ‘मैले इन्टरभ्यूमा पनि भनेको थिएँ, म्याच बाँकी छ, कमब्याक गर्छौं भनेर’ उनले भने ।

‘एकदम इमोसनल मोमेन्ट पनि थियो, गत सिजन सोचेको जस्तो भएको थिएन, यसपटक केही प्रमाणित पनि गरेर देखाउनु थियो । धेरै अप एन्ड डाउन भयो टिमको तर कमब्याक गर्‍यौं, टिमले धेरै राम्रो गरिरहेको छ, यही मोमेन्टम लिएर अगाडि जानेछौं’ रोहितले थपे ।

कप्तान रोहित पौडेलले प्लेअफमा पुगेका टिममध्ये सबैभन्दा बलियो लुम्बिनी नै लागेको समेत बताए । ‘लुम्बिनी सबैभन्दा राम्रो शेपमा देखिएको छ, तीनवटै टिम राम्रो छन् । तर लुम्बिनी एकदम बलियो देखिइरहेको छ’ उनले भने, ‘हामीले पछिल्लो ३ खेलमा राम्रो खेलेका छौं । यो कुराले क्यारिड अवे त हुनुहुँदैन तर ३ वटै टिम राम्रो छन् लुम्बिनी अझै बेटर छ।’

जनकपुरको फितलो प्रदर्शन

प्रतियोगितामा खेलाडीदेखि कप्तानसम्मै परिवर्तन गरेको जनकपुर भने ६ खेलमा १ जित मात्र‌ हासिल गरेर लिग चरणबाटै बाहिरिएको छ ।

जनकपुरले विदेशी खेलाडी पनि सबैभन्दा धेरै ८ जना घोषणा गरेर ७ जनालाई मौका दियो । चर्चित खेलाडीमध्येका एक इमरान ताहिर व्यक्तिगत कारणले नआउने भएका थिए । उनीबाहेक अन्य खेलाडीले खेले । प्रतियोगिताकै बीचमा कप्तान पनि २ पटक परिवर्तन गरेको जनकपुरले नतिजा भने बदल्न सकेन,‌ लयमा फर्कनै सकेन ।

साविक विजेता जनकपुर बोल्ट्सले सुरुवाती ४ खेलमा लगातार पराजित भएर बाहिरिने संघारमा पुगेको थियो । पाँचौं खेलमा आएर पहिलो जित निकालेको जनकपुरले प्लेअफ सम्भावना जीवितै राखेपनि त्यही लयलाई शुक्रबारको खेलमा निरन्तरता दिन सकेन, र प्लेअफको यात्रा तय गर्न सकेन ।

शुक्रबारको‌ खेलमा टस जितेर ब्याटिङ रोजेको जनकपुरले ब्याटिङ नै राम्रो गर्न सकेन । १३२ रन मात्र जोडेको जनकपुरले अति नै खराब फिल्डिङ गरेको थियो ।

विकेटकिपरले बल मिस गर्नुका साथै फिल्डरले क्याच छाड्नु जनकपुरको सबैभन्दा खराब पक्ष रह्‍यो । खेलपछि कुरा गर्दै आज कप्तान तोकिएका जान निकोल लफ्टी इटनले फिल्डिङसँगै ब्याटिङ पनि राम्रो हुन नसकेको बताए ।

‘ब्याटिङमा राम्रो सुरुवात हुन सकेन, संगीथ र मयनले राम्रो योगफलसम्म पुर्‍याए तर पर्याप्त भएन’ उनले भने, ‘बलिङमा पनि कन्ट्रोल हुन सकेन, फिल्डिङ पनि राम्रो भएन’ उनले भने ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More