राष्ट्रिय
समाचार.
- युरोपियन च्याम्पियन्स लिगमा लिभरपुलले रियल मड्रिडलाई १-० ले हराएको छ।
- लिभरपुलको जितमा एलेक्सिस म्याक एलिस्टरले ६१औं मिनेटमा गोल गरेका थिए।
- लिभरपुल ४ खेलमा ९ अंकसहित छैटौं स्थानमा उक्लिएको छ भने रियल पाँचौं स्थानमा छ।
१९ कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब रियल मड्रिडलाई हराएको छ ।
लिभरपुलले रियललाई १-० ले हराएको हो । लिभरपुलको जितमा एलेक्सिस म्याक एलिस्टरले ६१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
जितपछि ४ खेलमा ९ अंक भएको लिभरपुल छैटौं स्थानमा उक्लिएको छ । समान अंक भएपनि रियल गोलअन्तरका आधारमा लिभरपुलभन्दा माथि पाँचौं स्थानमा छ ।
गएराति नै भएका अन्य खेलमा टोटनहामले कोपनहेगनलाई ४-० तथा एट्लेटिको मड्रिडले युनियन सेन्ट गिलोसलाई ३-१ गोलअन्तरले पराजित गर्यो ।

