राष्ट्रिय
समाचार.
- लालीगुराँस स्पोर्ट्स एसोसिएसन र चित्लाङ फुटबल क्लब एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा प्रवेश गरेका छन्।
- लालीगुराँसले काँक्रेविहार युथ क्लबलाई २–० ले हराएको थियो भने चित्लाङले नव जनजागृति युवा क्लबलाई ९–८ ले सडनडेथमा हराएको थियो।
- फाइनल २ मंसिरमा हुनेछ र विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन्।
३० कात्तिक, काठमाडौं । लालीगुराँस स्पोर्ट्स एसोसिएसन र चित्लाङ फुटबल क्लब एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा प्रवेश गरेका छन् ।
आइतबार भएको सेमिफाइनलमा लालीगुराँसले काँक्रेविहार युथ क्लबलाई २–० ले हरायो । विजयी टोलीका मुकुन्द कुमार निउरे र राम थापाले गोल गरे । निउरे प्लेयर अफ द म्याच घोषित भए ।
अर्को सेमिफाइनलमा चित्लाङले नव जनजागृति युवा क्लबलाई सडनडेथमा ९–८ ले हरायो । निर्धारित समय गोलरहित बराबरीमा सकिएको सो खेलको पहिलो ५ पेनाल्टी सुट आउटमा ४–४ को बराबरी भएको हो ।
नव जनजागृतिको १० औ पेनाल्टी असफल भएको थियो भने चित्लाङले सफलता पाएको थियो । चित्लाङका गोल रक्षक विशाल केसी प्लेयर अफ द म्याच घोषित भए ।
उपाधि भिडन्त २ मंसिरमा हुने छ । उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
सेमिफाइनल प्रवेश गर्ने ४ टोली राष्ट्रिय लिगमा प्रवेश गरेका छन् ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

