― Advertisement ―

HomeLatest newsललितपुर २ मा मधेशी मतदाता ४.३५ प्रतिशत, सबैभन्दा धेरै आदिवासी जनजाति

ललितपुर २ मा मधेशी मतदाता ४.३५ प्रतिशत, सबैभन्दा धेरै आदिवासी जनजाति



२३ माघ, काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा आदिवासी/जनजाति मतदाताको बाहुल्यता छ ।

निर्वाचन आयोगका अनुसार ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा आदिवासी/जनजाति मतदाता ६५.२२ प्रतिशत रहेका छन् भने खस आर्य मतदाता ३०.४३ प्रतिशत छन् । मधेशी मतदाताको संख्या ४.३५ प्रतिशत रहेको छ ।

यस क्षेत्रमा कूल मतदाता ८९ हजार ८२ जना छन् । यसमध्ये पुरुष मतदाता ४३ हजार २९८ र महिला मतदाता ४५ हजार ७८४ जना छन् ।

यो क्षेत्रबाट कुल २३ जना उम्मेदवार छन् । त्यसमध्ये २१ जना पुरुष र दुई जना महिला उम्मेदवार रहेका छन् । सात जना स्वतन्त्र उम्मेदवार छन् । बाँकी दलीय उम्मेदवार हुन् ।

नेकपा एमालेबाट प्रेमबहादुर महर्जन, नेपाली कांग्रेसबाट प्रेम कृष्ण महर्जन, नेपाली कम्युनिस्ट पार्टीबाट राजेन्द्र अमात्य, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जगदिश खरेल, राप्रपाबाट रघुवर राज थापा उम्मेदवार छन् ।

जनता समाजवादी पार्टी नेपालबाट रिहिणी कस्ती, नेमकिपाबाट चिरी मैया महर्जन, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कृष्ण महर्जन, श्रम संस्कृति पार्टीबाट सरोज राई र उज्यालो नेपाल पार्टीबाट राजाराम तण्डुकार उम्मेदवार छन् ।





Read More