― Advertisement ―

Cisco ले Webex प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सुरक्षा त्रुटिहरू तुरुन्तै प्याच गर्न भन्छ, किनकि विशेषज्ञहरूले पत्ता लगाएका छन् कि यसको Wi-Fi बक्सहरूले तिनीहरूको डिस्कहरू प्रत्येक दिन...

Ciscoexspatical Services, चार criticals सहित Website पहिचान सेवा इन्जिन RCE बगहरूफिक्सहरू अघि कुनै शोषण रिपोर्ट गरिएको छैन; प्रयोगकर्ताहरूले कन्ट्रोल हबमा SAML प्रमाणपत्रहरू अद्यावधिक गर्नुपर्छछुट्टै...
HomeLatest newsलन्डनमा आफ्नो कारको ठक्करबाट नेपाली विद्यार्थीको मृत्यु भएको ब्रिटिश र्‍यापरद्वारा स्वीकार

लन्डनमा आफ्नो कारको ठक्करबाट नेपाली विद्यार्थीको मृत्यु भएको ब्रिटिश र्‍यापरद्वारा स्वीकार



लन्डन । अवार्ड विजेता चर्चित ब्रिटिश र्‍यापर क्लार्क स्यामुएल ( गेट्स)ले उत्तर–पूर्वी लन्डनमा आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् ।

ग्राइम कलाकार गेट्सले चलाएको बीएमडब्लु कारले २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङलाई गत १८ अक्टोबरमा लन्डनको इल्फोर्डमा ठक्कर दिएको थियो । त्यसपछि गेट्स घटनास्थलमा मोटर नरोकी फरार भएका थिए ।

प्रहरीका अनुसार उनले ३० माइल प्रतिघण्टा क्षेत्रमा ६० माइल प्रति घण्टाभन्दा बढी गतिमा गाडी चलाइरहेका थिए र सडक पार गर्दै गरेका युविनलाई ठक्कर दिएका थिए ।

आफ्ना बाबा–आमाका एक्ला छोरा नेपाली युवक युविन उच्च शिक्षाका लागि गत वर्ष सेप्टेम्बर बेलायत आएका थिए । उनी युनिभर्सिटी अफ रोह्याम्पटनमा बीएस्सी विजनेश म्यानेजमेन्टमा दोश्रो वर्षमा अध्ययनरत थिए ।

पूर्वी लन्डनको वुडफोर्डका वासिन्दा ४१ वर्षीय गेट्सले जोखिमपूर्ण ड्राइभिङका कारण तामाङको मृत्यु गराएको र सोही दिन गरेको अर्को जोखिमपूर्ण ड्राइभिङ सम्बन्धी मुद्दामा आफू दोषी भएको स्वीकारेका छन् ।

उक्त घातक दुर्घटना स्थानीय समयअनुसार राति ११:३० बजे इल्फोर्डको रेडब्रिज लेनमा युविनले सडक काट्दै गर्दा भएको थियो । ठक्कर लागेको दुई दिनपछि उपचारका क्रममा अस्पतालमा उनको मृत्यु भएको थियो ।

प्रहरीले भोलिपल्ट बिहानै वुडफोर्डस्थित गेट्सको घरमा खोजतलास गरेको थियो । उनकै नाममा दर्ता र बीमा गरिएको कालो बीएमडब्लु गाडी ‘गम्भीर रूपमा क्षतिग्रस्त’ अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

अदालतले क्लार्क–स्यामुएल (गेट्स)लाई आगामी फेब्रुअरी १२ मा सजाय सुनाइने जनाएको छ । पहिलो मुद्दा मादक पदार्थको सीमा नाघेर लापरवाहीपूर्वक गाडी चलाउँदा मृत्यु गराएको भन्ने हो । सो आरोपअनुसार उनले १८ अक्टोबरमा ११९ माइक्रोग्राम अल्कोहलसहित गाडी चलाएका थिए, जुन कानुनी सीमाभन्दा धेरै माथि हो ।

दोस्रो मुद्दा सोही दिन पूर्वी लन्डनको रेडब्रीज क्षेत्रमा विशेषगरी वर्सेस्टर क्रेसेन्ट र वरपरका सडकमा जोखिमपूर्ण रूपमा गाडी चलाएको आरोपसँग जोडिएको छ ।

बीबीसीका अनुसार पेन्टनभिल जेलबाट भिडियो लिंकमार्फत अदालतमा हाजिर भएका क्लार्क–सामुएल अहिले हिरासतमा छन् र न्यायाधीशले उनलाई कैद सजाय भोग्नुपर्ने स्पष्ट पारेका छन् । तर, सजायको अवधि कति हुने भन्ने भने तय भएको छैन ।

उनी सवारी चलाउन पनि अयोग्य घोषित गरिएका छन्, तर प्रतिबन्ध अवधि भने पछि निर्धारण गरिनेछ ।

ओल्ड बेलीमा सोमबार सुनुवाइ हुँदा युबिनका बुबा–आमा विकास तामाङ र शर्मिला मगर तामाङ, उनको परिवारका अन्य सदस्य एवं एनआरएनए यूकेका प्रतिनिधिहरु पनि सहभागी थिए ।

बेलायतस्थित कैयौं नेपाली संघसंस्थाले युविनको परिवारलाई चन्दा संकलन गरी आर्थिक सहयोग गरिरहेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More