― Advertisement ―

प्राइम भिडियोमा द ब्वाइज सिजन ५ एपिसोड ३ को रिलिज मिति के हो?

को अर्को राउन्डको लागि तयार छ The Boys? म अनुमान गर्छु कि तपाईं हुनुहुन्छ, अन्यथा तपाईं सिजन 5 एपिसोड 3 कहिले रिलिज हुनेछ भनेर...
HomeLatest newsलगातार जितको लयमा लुम्बिनी, काठमान्डुविरुद्ध बदला लिँदै क्‍वालिफायरमा प्रवेश

लगातार जितको लयमा लुम्बिनी, काठमान्डुविरुद्ध बदला लिँदै क्‍वालिफायरमा प्रवेश


यसअघि भएका दुवै भेटमा काठमान्डुले लुम्बिनीमाथि जित हासिल गरेको थियो । काठमान्डुले त्यो दबदबा कायमै राख्ने सोचका साथ मैदान उत्रँदा लुम्बिनीले भने बदला लिँदै काठमान्डुलाई उपाधि यात्राबाट बाहिर पठाएको हो ।

राष्ट्रिय

समाचार.

  • लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग क्रिकेट २०२५ को इलिमिनेटर खेलमा काठमान्डु गोर्खाजलाई हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
  • शेर मल्लले ३ विकेट लिएर प्लेयर अफ द म्याच घोषित भए र लुम्बिनीका लागि सर्वाधिक १३ विकेटसहित एनपीएलकै तेस्रो सर्वाधिक विकेटधारी बनेका छन्।
  • काठमान्डुको पहिलोपटक प्लेअफ यात्रा इलिमिनेटरमै समाप्त भएको छ र प्रशिक्षक मोन्टी देशाईले १४० रनसम्मको योगफल पर्याप्त हुन सक्ने बताए।

२४ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा लगातार जितको लयलाई कायमै राख्दै लुम्बिनी लायन्स फाइनलको नजिक पुगेको छ । बुधबार भएको इलिमिनेटर खेलमा काठमान्डु गोर्खाजको दबदबा अनि चुनौती समाप्त पार्दै लुम्बिनी दोस्रो क्‍वालिफायरमा प्रवेश गरेको छ ।

यसअघि भएका दुवै भेटमा काठमान्डुले लुम्बिनीमाथि जित हासिल गरेको थियो । काठमान्डुले त्यो दबदबा कायमै राख्ने सोचका साथ मैदान उत्रँदा लुम्बिनीले भने बदला लिँदै काठमान्डुलाई उपाधि यात्राबाट बाहिर पठाएको हो ।

गत संस्करणको लिग चरण तथा यस संस्करणको लिग चरणमा भएका खेलमा काठमान्डुले नै बाजी मारेको थियो । यसपटक भने लुम्बिनी विजयी भयो । टस जितेर पहिले ब्याटिङ नै रोजेको काठमान्डुलाई १११ रनमै अलआउट गरेर लुम्बिनीले संयमित ढंगले लक्ष्य पूरा गर्‍यो ।

लुम्बिनीको जितमा पछिल्लो समय महत्वपूर्ण प्रदर्शन गर्दै आएका शेर मल्लले आजपनि शानदार प्रदर्शन गरे । यस्तोमा लुम्बिनीले लगातार चौथो जितका साथ अब फाइनलतर्फ थप एक कदम अघि बढाएको छ, तर फाइनल पुग्नका लागि अब एउटा महत्वपूर्ण खुड्किलो भने बाँकी नै छ ।

लुम्बिनीले अब फाइनल प्रवेशका लागि बिहीबार विराटनगर किङ्सको सामना गर्नेछ । विराटनगर मंगलबार सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि फाइनल प्रवेशका लागि दोस्रो मौका पाएको थियो ।

चम्किँदै शेर मल्ल

लुम्बिनी लायन्सका लागि यस संस्करण ब्याटिङ र बलिङ दुवैमा नेपाली खेलाडीको प्रदर्शन अग्रणी भूमिकामा देखिएको छ । निरन्तर राम्रो प्रदर्शन गर्दै आइरहेका स्पीनर शेर मल्लले बुधबार पनि उक्त लयलाई निरन्तरता दिए ।

यस संस्करणका लागि अक्सनबाट लुम्बिनी लायन्समा अनुबन्ध भएका शेर लुम्बिनीका लागि ‘एक्स फ्याक्टर प्लेयर’का रूपमा देखिएका छन् ।

पछिल्ला खेलहरूमा लुम्बिनीको जितमा विपक्षीका टप अर्डर ब्याटरलाई दु:ख दिँदै आइरहेका शेरले आजपनि सोही काम गरे । विदेशी खेलाडीमा बढी भर परेको काठमान्डुको ब्याटिङ ध्वस्त पार्नमा भूमिका खेले ।

खेलको दोस्रो ओभर बलिङ गर्न आएका शेरले पहिलो बलमै आकाश त्रिपाठीलाई आउट गरे भने आफ्नो दोस्रो ओभरमा मिलिन्द कुमारलाई पनि आउट गरे । अर्कोतर्फ रुबेन ट्रम्पलमनले पनि दुई विदेशी ब्याटर सन्नी पटेल र बेन चार्ल्सवर्थलाई आउट गरेपछि काठमान्डु खेलमा पछाडि परिसकेको थियो ।

१०औं ओभरमा कप्तान रोहित पौडेलले भीम सार्की र राशिद खानलाई पनि आउट गरेपछि काठमान्डु ५१-६ को दयनीय अवस्थामा पुगेको थियो । आदिल आलमले केही ठूला शटहरू खेलेपनि उनलाई शेर मल्लले १४औं ओभरमा बोल्ड गरिदिए ।

सुरुवातदेखि नै निरन्तर विकेट गुमाएको काठमान्डु त्यसपछि कुनैपनि समय खेलमा फर्कन सकेन । ३ विकेट लिएका शेर मल्ल प्लेयर अफ द म्याच पनि घोषित भए ।

८ खेलमा विकेट संख्या १३ पुर्‍याएका शेर मल्ल लुम्बिनीका लागि सर्वाधिक विकेट लिने बलर हुन् भने एनपीएलकै सर्वाधिक विकेट लिने सूचीमा पनि तेस्रो स्थानमा छन् ।

कप्तान रोहित पौडेलले शेर मल्लको भूमिका धेरै महत्वपूर्ण भएको बताए । ‘शेर मल्ल एकदम महत्वपूर्ण भूमिकामा छन् । जतिबेला बलिङ दिएपनि विकेट निकालेर दिइरहेका छन् क्रुसियल समयमा’ उनले भने, ‘टिमले जित्नका लागि विकेट महत्वपूर्ण हुन्छ, उनले प्रदर्शन पनि गरिरहेका छन् । उनको भविष्य पनि उज्ज्वल देखिएको छ।’

लगातार जितको लयमा लुम्बिनी

लुम्बिनी लायन्सले सुरुवाती खेल जितेपछि लगातार ३ खेलमा पराजित भएर कठिन अवस्थामा पुगेको थियो । त्यसपछि चुनौतीका बीच लुम्बिनीले शानदार पुनरागमन गर्दै बाँकी तीनवटै खेल जितेर प्लेअफमा स्थान बनाउन सफल भएको थियो ।

त्यो लयलाई लुम्बिनीले प्लेअफमा पनि कायमै राखेको छ र पहिलो क्‍वालिफायरमा काठमान्डु गोर्खाजलाई हराउन सफल भयो ।

लुम्बिनीले प्रतियोगिताको बीचमा विदेशी खेलाडीदेखि टिम कम्बिनेसनसम्म परिवर्तन गरेको थियो । त्यसले पनि लुम्बिनीको टोलीमा सकारात्मक परिवर्तन ल्याएको देखिएको छ ।

शेर मल्ललाई बलिङमा रुबेन ट्रम्पलमन र कप्तान रोहित पौडेलबाट पनि साथ मिलिरहेको छ । ब्याटिङमा पनि सबैबाट सानो-सानो योगदान भइरहँदा लुम्बिनी जितको लय कायमै राख्न सफल भइरहेको छ ।

यही लय लिएर लुम्बिनीले अब २४ घण्टाभित्रै अर्को महत्वपूर्ण खेल खेल्दै छ । कप्तान रोहित पौडेलले हरेक खेल नकआउट जसरी नै खेल्दै आएको र यस खेललाई पनि त्यसरी नै लिने बताएका छन् ।

‘भोलिको खेल दुवैलाई नकआउट हो, प्रेसर दुवैलाई बराबर हुन्छ । दुवै टोलीमा राम्रा खेलाडी छन् । जसले प्रेसर ह्यान्डल गर्न सक्छ त्यही टोलीले जित्न सक्छ’ उनले भने, ‘हाम्रा लागि ४ वटै खेल नकआउटजस्तै थिए, हारेपछि बाहिरिने खालको थियो। अब बाँकी खेल पनि त्यस्तै हुन्, भोलिको खेल महत्वपूर्ण हुनेछ।’

काठमान्डुको यात्रा समाप्त

पहिलोपटक प्लेअफमा पुगेको काठमान्डुको यात्रा भने इलिमिनेटरबाटै समाप्त भएको छ । लिग चरणमा पनि उतारचढावको यात्रासहित प्लेअफमा पुगेको काठमान्डुले जितको लयलाई निरन्तरता दिन सकेन ।

प्रशिक्षक मोन्टी देशाईले १४० रनसम्मको योगफल जितका लागि पर्याप्त हुन सक्ने बताए । ‘१३०-१४० सम्मको स्कोर पार स्कोर हुने अनुमान गरेका थियौं तर मिस गर्‍यौं हामीले । पावरप्ले राम्रो हुन सकेन । उनीहरूले राम्रो बलिङ गरे अनि हाम्रा ब्याटरहरूले साझेदारी बनाउन पनि सकेनन्’ मोन्टीले भने ।

विदेशी खेलाडीमा बढी निर्भर रहेको काठमान्डुका लागि महत्वपूर्ण खेलमा विदेशी खेलाडी नचल्दा नेपाली खेलाडीहरू पनि स्टेप अप गर्न सकेनन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More