― Advertisement ―

HomeLatest newsरोहित पौडेल बने ओमोडा एन्ड जेइकोका ब्रान्ड एमबासडर

रोहित पौडेल बने ओमोडा एन्ड जेइकोका ब्रान्ड एमबासडर


राष्ट्रिय

समाचार.

  • एसपीजी अटोमोबाइल्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर घोषणा गरेको छ।
  • रोहितले एनपीएल २०२५ मा उत्कृष्ट खेलाडी बनेपछि जेको १५ इलेक्ट्रिक एसयूभी गाडी प्राप्त गरेका थिए।
  • रोहितसँग एसपीजी अटोमोबाइल्सबीच तीन वर्षको सम्झौता भएको र कम्पनीले गाडीमा लाग्ने सम्पूर्ण विन्डफिल कर बेहोर्ने जनाएको छ।

११ पुस, काठमाडौं । नेपालका लागि ओमोडा र जेइको गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एमबासडर घोषणा गरेको छ।

यो घोषणा रोहितलाई जेको १५ गाडी हस्तान्तरण कार्यक्रमका क्रममा गरिएको हो। रोहितले गत मंसिरमा सम्पन्न एनपीएल २०२५ मा उत्कृष्ट नेपाली खेलाडीका रूपमा उक्त कार जितेका थिए ।

एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारदा र रोहितबीच कार्यक्रममा सम्झौता आदानप्रदान भएको थियो । रोहितले क्रिकेट ब्याटमा हस्ताक्षर गरेका थिए । उनीसँग ३ वर्षको सम्झौता भएको बताइएको छ । म्यानेजिङ डिरेक्टर सन्दीप शारदाले चाबी हस्तान्तरण गरे ।

लुम्बिनी लायन्सलाई एनपीएल २०२५ को च्याम्पियन बनाएका रोहित पौडेललाई उत्कृष्ट प्रदर्शनका लागि ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टूर्नामेन्ट’ घोषित गरिएको थियो।

यस उपलब्धिको कदरस्वरूप एसपीजी अटोमोबाइल्सले उनलाई जेको १५ इलेक्ट्रिक एसयूभी गाडी प्रदान गरेको थियो । उक्त गाडीमा लाग्ने सम्पूर्ण विन्डफिल कर पनि कम्पनीले नै बेहोर्ने जनाएको छ।

रोहित पौडेलले ब्रान्ड एमबासडर बन्न पाउँदा खुसी लागेको बताए । ‘एकदमै उत्साहित छु । जेइकोको फिचर पनि राम्रो छ । यो गाडी चलाउन पनि एकदमै उत्साहित छु’ उनले भने ।

सो कार्यक्रममा ब्रान्डका पुराना एम्बेसडर तथा क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई पनि सम्मान गरिएको थियो। गत संस्करणमा उनले ओमोडा कार जितेका थिए र ब्रान्ड एमबासडर पनि उनी नै थिए ।

एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारदाले रोहित र दीपेन्द्र दुवै खेलाडीको नेतृत्व, ऊर्जा र प्रदर्शन ओमोडा र जेको ब्रान्डको पहिचानसँग मेल खाने कुरा उल्लेख गरे ।

जेइको १५ एक प्रिमियम इलेक्ट्रिक SUV हो जसमा ४६१ किलोमिटर रेन्ज, १८५ एमएम ग्राउन्ड क्लियरेन्स, १५५ किलोवाट मोटर पावर र ४८८ लिटर बुट स्पेस जस्ता विशेषता छन्।

एसपीजी अटोमोबाइल्स नेपालमा ओमोडा, जेको र इकाउर ब्रान्डका गाडीहरूको आधिकारिक बिक्रेता हो र कम्पनीले हरित ऊर्जा तथा खेलकुद क्षेत्रको विकासमा सक्रिय भूमिका खेल्दै आएको छ।





Read More