― Advertisement ―

22 एपहरूमा पर्दाफास गरिएका Google API कुञ्जीहरूले आक्रमणकारीहरूलाई जेमिनी एआईलाई स्वतन्त्र रूपमा पहुँच गर्न दिन्छ, जसले गर्दा सयौं हजारौं नोक्सान हुन्छ।

एपीआई चलाउनको लागि गुगलको एक्सपोजमा कुञ्जी चलाउन अनुमति दिनुहोस्। अनुरोधहरूएआई पूर्वाधारमा अनाधिकृत पहुँचका कारण विकासकर्ताहरूले गम्भीर आर्थिक नोक्सानको अनुभव गर्छन्हार्डकोड गरिएका प्रमाणहरूले सार्वजनिक पहिचानकर्ताहरूलाई...
HomeLatest newsरोसिङटनको शतकले पारेको प्रभाव – KhabarHost

रोसिङटनको शतकले पारेको प्रभाव – KhabarHost


रोसिङटनको शतकले नै खेलमा ठूलो प्रभाव पार्‍यो । पहिलो इनिङ्समा उनले बनाएको शतक मदतमा पोखराले २०० माथिको स्कोर बनायो । बलरहरुको सहयोगमा त्यो स्कोर डिफेण्ड पनि गर्‍यो ।

राष्ट्रिय

समाचार.

  • पोखरा एभेन्जर्सका एडम रोसिङटनले कर्णाली याक्सविरुद्ध ५५ बलमा १०८ रन बनाउँदै एनपीएलमा पहिलो इनिङ्समा शतक प्रहार गर्ने पहिलो खेलाडी बने।
  • रोसिङटन र ज्यासन रोयले दोस्रो विकेटका लागि १२७ रनको साझेदारी गर्दै पोखराका लागि एनपीएलमा पहिलो शतकिय साझेदारी गरे।
  • पोखराले कर्णालीलाई ३४ रनले पराजित गर्दै अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ र प्लेअफ पुग्ने सम्भावना कायम छ।

१६ मंसिर, काठमाडौं । इंग्लिस विकेटकिपर ब्याटर एडम रोसिङटन सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ का लागि पोखरा एभेन्जर्समा अनुबन्ध हुँदा खासै धेरैले नोटिस नगरेका खेलाडी हुन् ।

विश्वकपदेखि आईपीएलसम्म खेलेका र जितेका खेलाडीहरु एनपीएलमा अनुबन्ध उनीहरुको चर्चा धेरै भयो । तर रोसिङटनको चर्चा धेरै भएन ।

उनले अहिले भइरहेको एनपीएलमा पोखरा एभेन्जर्सबाट सुरुवात देखि नै खेल्दै आएका छन् । तर पछिल्लो दुई खेलमा भने रोसिङटनको ब्याटिङ र उनले बनाएको रनको मजैले चर्चा भयो ।

पोखराको चौथो खेलमा रोसिङटनले लुम्बिनी लायन्सविरुद्ध यस सिजनकै ‘स्लोयस्ट’ अर्धशतक बनाएका थिए । पोखराको ब्याटिङ खराब हुँदा पनि ओपनर रोसिङटनले एक छेउबाट इनिङ्स सम्हाल्दै ५२ बलमा अर्धशतक पूरा गरेका थिए र ८० रन बनाएर आउट भए । त्यस खेलमा पोखरा पराजित भयो ।

तर मंगलबार टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भने उनै रोसिङटन मज्जैले छाए । पोखराले टस हारेर पहिले ब्याटिङ गर्दा रोसिङटनले सानदार शतक प्रहार गरे । ५५ बलमा शतक प्रहार गरेका उनले अन्तिमसम्म ब्याट क्यारी गर्दै अविजित १०८ रन जोडे । यस क्रममा उनले ५८ बल खेल्दै ११ चौका र ७ छक्का समेत प्रहार गरे ।

रोसिङटनको शतकले नै खेलमा ठूलो प्रभाव पार्‍यो । पहिलो इनिङ्समा उनले बनाएको शतक मदतमा पोखराले २०० माथिको स्कोर बनायो । बलरहरुको सहयोगमा त्यो स्कोर डिफेण्ड पनि गर्‍यो । पोखरा यस सिजन एनपीएलमा २०० रन बढी स्कोर गर्ने विराटनगर किंग्सपछि दोस्रो टिम पनि बन्यो ।

विराटनगरले पोखरा विरुद्ध नै पहिलोपटक कीर्तिमानी २२० रन बनाएको थियो ।

रोसिङले यस खेलमा पोखराका कप्तान कुशल भुर्तेलसँग ओपनिङ गरेका थिए । यसअघि दिनेश खरेलले ओपनिङ गरेपनि कर्णाली विरुद्ध खरेल ड्रप हुँदा भुर्तेलले नै रोसिङटनसँग ओपनिङ गरे । पहिलो विकेटका लागि रोसिङटनले कुशल भुर्तेलसँग ३४ रनको साझेदारी गरेका थिए ।

तर त्यसपछि भने विश्वकप जितिसकेका ज्यासन रोयसँग रोसिङटनको साझेदारी खुबै जम्यो । यो जोडीले दोस्रो विकेटका लागि १२७ रनको साझेदारी गरे । एनपीएलमा यस सिजन यो दोस्रो ठूलो साझेदारी हो भने पोखराका लागि पहिलो शतकिय साझेदारी हो । यसअघि विराटनगर किंग्सका लोकेश बम र मार्टिन गप्टिलले दोस्रो विकेटका लागि पोखरा विरुद्ध नै १३२ रनको साझेदारी गरेका थिए ।

रोसिङटनले रोयसँग ब्याटिङ गर्दा रमाइलो भएको बताए । ‘रोय धेरै राम्रो खेलाडी हुन् । उनीसँग पार्टनरसिप राम्रो रह्यो । म बाट प्रेसर हटाइदिए’ उनले भने ।

सोमबार दिउँसो मात्र नेपाल आइपुगेका रोयले भोलिपल्ट नै पोखराबाट खेल्दै एनपीएलमा डेब्यू गरेका हुन् । अर्धशतकबाट थोरैले चुकेपनि उनले महत्वपूर्ण ४६ रन योगदान गरे । रोयले ३४ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै रोय आउट भएपछि रोसिङटनले श्रीलंकन अलाराउण्डर धनन्जय लक्षनसँग अविजित ४० रनको साझेदारी गरेका थिए ।

एनपीएलमा तेस्रो शतक

३२ वर्षीय दायाँ हाते ब्याटर रोसिङटनले बनाएको शतक एनपीएल दोस्रो संस्करणमा दोस्रो शतक हो भने समग्रमा एनपीएलको तेस्रो शतक हो । यस्तै उनी पोखरा एभेन्जर्सका लागि एनपीएलमा शतक प्रहार गर्ने पनि दोस्रो खेलाडी हुन् ।

पहिलो संस्करणमा पोखराबाट खेलेका अमेरिकी विकेटकिपर ब्याटर आन्द्रे गौसले लुम्बिनी लायन्स विरुद्ध शतक प्रहार गरेका थिए ।

दोस्रो संस्करणमा कर्णाली याक्सका स्कटिस खेलाडी मार्क वाटले पनि लुम्बिनी लायन्सविरुद्ध नै शतक प्रहार गरेका थिए । वाट बलर भएपनि यस सिजन कर्णालीका लागि ओपनिङ गर्दै करियरकै पहिलो शतक प्रहार गरेका थिए ।

वाट समावेश टोली कर्णाली विरुद्ध रोसिङटनले शतक प्रहार गरे । अर्को रमाइलो संयोग एनपीएलमा लुम्बिनी बाहेक टिमलाई शतक प्रहार गर्ने रोसिङटन पहिलो खेलाडी बने ।

एनपीएलमा शतक प्रहार गर्ने खेलाडीको टिमले जित हात पारेको इतिहासला२ पनि पोखराले निरन्तरता दिएको छ । गत सिजन गौसले शतक प्रहार गर्दा पोखराले लुम्बिनीला२ १० विकेटले पराजित गरेको थियो । यस्तै यस सिजन वाटले शतक हान्दा कर्णालीले लुम्बिनीलाई ९ विकेटले हराएको थियो ।

रोसिङटनले शतक प्रहार गरेको खेलमा पनि पोखराले कर्णालीलाई ३४ रनले पराजित गर्‍यो । यसअघिका दुई शतक लक्ष्य पछ्याउने क्रममा बनेको थियो । तर रोसिङटनको शतक भने पहिलो इनिङ्समा थियो । रोसिङटन एनपीएलमा पहिलो इनिङ्समा शतक प्रहार गर्ने पहिलो खेलाडी नै बने । यस्तै शतक प्रहार गर्ने उनी दोस्रो विकेटकिपर ब्याटर बने ।

पहिलो पटक एनपीएल खेलिरहेका रोसिङटनले पछिल्लो दुई खेलमा अर्धशतक र शतक प्रहार गरेपछि उनी सर्वाधिक रन बनाउनेमा शीर्ष स्थानमा समेत उक्लेका छन् । उनले ५ खेलमा कूल २५३ रन बनाएका छन् । सुरुवाती तीन खेलमा ६४ रन बनाएका उनले पछिल्लो दुई खेलमा १८९ रन बनाए ।

लक्षन र धवनको योगदान

कर्णाली विरुद्ध पोखराका रोसिङटनले शतक प्रहार गर्दा उनको नाम धेरै हाइलाइट भयो । तर पोखरालाई जिताउन रोसिङटनसँगै अन्य तीन विदेशी खेलाडी रोय, धनन्जय लक्षन र ऋषि धवनको प्रभाव पनि उति नै रह्यो ।

शतक बनाएका रोसिङटनले नयाँ आएका खेलाडीहरुले राम्रो प्रदर्शन गरेको र बिहीबार पनि यस्तै प्रदर्शनको अपेक्षा राखेको बताए ।

रोयले ब्याटिङमा ४६ रन योगदान गर्दा श्रीलंकन खेलाडी धनन्जय लक्षनले पनि लेट केमियो इनिङ्स खेले । रोसिङटन बाहेक तीन विदेशी खेलाडी रोय, लक्षन र ऋषी धवन सोमबारै काठमाडौं आएका थिए ।

लक्षनले चौथो क्रममा ब्याटिङ गर्दै ११ बलमा ३ चौका  र१ छक्का प्रहार गरी अविजित २३ रन जोडे । यस्तै लक्षन र धवनले बलिङमा पनि उत्तिकै प्रभाव पारे । विदेशी खेलाडीहरुले अन्तर्राष्ट्रिय क्रिकेट र फ्रेन्चाइज क्रिकेटमा खेलेको अनुभव एनपीएलमा भरपुर सदुपयोग गरे ।

लक्षन र धवन दुवैले समान ३ विकेट लिए । प्रियांक पान्चललाई आउट गर्दै कर्णालीको पहिलो विकेट लिएका लक्षनले अन्तिम दुई विकेट लिँदै एनपीएल डेब्युमा ३ विकेट हात पारे ।

यस्तै स्पीनर ऋषी भवनले मिडर अर्डरमा महत्वपूर्ण तीन विकेट लिए । उनले १३औं ओभरमा पवन सर्राफ (१९), १६औं ओभरमा नजिबुल्लाह जद्रान (२४) र १९औं ओभरमा कप्तान सोमपाल कामी (१३) को विकेट लिए । आवश्यक समयमा महत्वपूर्ण विकेट लिँदै कर्णालीलाई अलआउट गर्न लक्षन र धवनको योगदान रह्‍यो । साथै दुई पार्टटाइमिर किरण ठगुन्ना र सन्दीप खत्री क्षेत्रीले पनि १-१ विकेट लिएर योगदान गरे । कप्तान कुशल भुर्तेलले पनि ४ ओभर नै बलिङ गरेर १ विकेट लिए ।

कर्णालीलाई पराजित गरेपछि ५ खेलबाट ४ अंक जोडेको पोखरा अंकतालिकामा चौथो स्थानमा उक्लेको छ । पोखराले अब बिहीबार काठमान्डु गोर्खाज र शनिबार चितवन राइनोज विरुद्ध खेल्नेछ । दुवै खेल जितेमा पोखराको प्लेअफ पुग्ने सम्भावना रहन्छ ।

रोसिङटनले पनि अब बिहीबार हुने खेल जित्दै शनिबार पनि त्यही किसिमको प्रदर्शन गर्ने लक्ष्य रहेको बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More