― Advertisement ―

टेक ग्याजेटहरू फादर्स डे २०२६ को लागि समयमै आइपुग्ने ग्यारेन्टी

फादर्स डे को अर्को कुनै डरलाग्दो अर्थ छैन। यसमा मजाक गर्नुहोस् वा अफ्टरसेभ वा ह्विस्कीको अर्को बोतल।यदि तपाईंको जीवनमा बुबाले ग्याजेटहरू, टेक्नोलोजीसँग टिंकर...
HomeLatest newsरोमान्टिक मुडमा अभिषेक र आकृति – KhabarHost

रोमान्टिक मुडमा अभिषेक र आकृति – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली फिल्म ‘कुमारी’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ, जसमा अभिषेक खड्का र आकृति राजभण्डारी रोमान्टिक अवतारमा देखिएका छन्।
  • चलचित्रको नयाँ गीत ‘तिमी बिना’ पुस ३ गते सार्वजनिक गरिने र यो गीत गायक केहरसिंह लिम्बु र उनको ब्यान्डको स्वरमा रहेको छ।
  • दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ भ्यालेन्टाइन्स डेको आसपास रिलिज हुने र विशेष गरी युवा दर्शकलाई लक्षित गरिएको छ।

काठमाडौं । २३ माघदेखि रिलिज हुने प्रेम कथानक नेपाली फिल्म ‘कुमारी’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी रोमान्टिक अवतारमा देखिएका छन् ।

अभिषेक र आकृतिको हाँसो र एक अर्काप्रति देखिएको आत्मीयताले कथावस्तु शुद्ध प्रेमकथामा केन्द्रित रहेको आभास दिन्छ ।

पोस्टर सार्वजनिक गरेसँगै चलचित्रको नयाँ गीत ‘तिमी बिना’ को रिलिज मिति पनि घोषणा गरिएको छ । निर्माण पक्षका अनुसार उक्त गीत पुस ३ गते सार्वजनिक गरिने भएको छ ।

यसअघि सार्वजनिक भएको पहिलो गीत ‘कता छौ मेरो फूल’ को सफलतापछि नयाँ गीतप्रति दर्शकको चासो थप बढ्ने अपेक्षा गरिएको छ । गायक केहरसिंह लिम्बु तथा उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ को स्वरमा रहेको यो गीत युट्युब र टिकटकमा विशेष गरी ‘जेन-जी’ पुस्तामाझ लोकप्रिय बन्दै गएको छ ।

दिनेश राउत निर्देशित यो फिल्म भ्यालेन्टाइन्स डेको आसपास रिलिज हुने भएकाले फिल्मले विशेष गरी युवा दर्शकलाई लक्षित गरेको देखिन्छ ।

फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायतको पनि अभिनय छ ।

‘आइएम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथाका फिल्मबाट चिनिएका निर्देशक राउत पछिल्ला वर्षमा ‘प्रसाद’, प्रकाश’, ‘पुजार सार्की’ जस्ता सामाजिक विषयमा केन्द्रित रहे पनि ‘कुमारी’ मार्फत पुनः प्रेमकथामा फर्किएका हुन् ।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा फिल्म निर्माण भएको हो । निर्माता महेन्द्र अधिकारी हुन् । कार्यकारी निर्माता केदार भुसाल हुन् । पटकथा विकास सुवेदीले लेखेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More