― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest newsरेमिट्यान्स कारोबारमा अनियमितता बढेपछि राष्ट्र बैंकले बढायो सुपरीवेक्षकीय दायरा

रेमिट्यान्स कारोबारमा अनियमितता बढेपछि राष्ट्र बैंकले बढायो सुपरीवेक्षकीय दायरा


राष्ट्रिय

समाचार.

  • नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबारमा वित्तीय अपराध बढेपछि सुपरीवेक्षण दायरा कसिलो बनाएको छ।
  • रेमिट्यान्स कम्पनीहरूले मासिक कारोबार विवरण महिना सकिएको ७ दिनभित्र बुझाउनु पर्ने व्यवस्था गरिएको छ।
  • रेमिट्यान्स कम्पनीले त्रैमासिक सञ्चालक समिति र वित्तीय विवरण १५ दिनभित्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

२५ मंसिर, काठमाडौं ।रेमिट्यान्स कारोबार मार्फत वित्तीय अपराधका घटना बढेपनि नेपाल राष्ट्र बैंकले सुपरीवेक्षकीय दायरा कसिलो बनाएको छ । रेमिट्यान्स पठाउने बैंक तथा वित्तीय संस्था तथा रेमिट्यान्स कम्पनीहरूको विवरण थप विस्तारित र छिटो उपलब्ध गराउन निर्देशन दिइएको छ ।

पछिल्लो समयमा रेमिट्यान्स कारोबारबाट सुरु भएर बैंकिङ कसुरसम्म पुगेका घटना  दोहोरिन थालेपछि कारोबारको सुपरीवेक्षणलाई कसिलो बनाउन थालिएको छ ।

सोही क्रममा राष्ट्र बैंकले  रेमिट्यान्सको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थासँगै कम्पनीहरूको कारोबार विवरण बुझाउने समय घटाएको हो । त्यसैगरी रेमिट्यान्स पठाउने कम्पनी, देशगत समेतको तथ्याङ्क माग गरेको छ ।

‘रेमिट्यान्स कम्पनी आफैले वा सबएजेन्ट वा सब रिप्रिजेन्टेटिभ मार्फत गरेको कारोबार विवरण मासिक रुपमा केन्द्रीय बैंकको गैरवित्तीय संस्था सुपरीवेक्षण विभागमा पठाउनु पर्ने व्यवस्था गरिएको छ’ राष्ट्र बैंकले भनेको छ ‘यस्तो विवरण महिना सकिएको ७ दिनभित्र बुझाइसक्नु पर्नेछ ।

त्यसैगरी रेमिट्यान्स कम्पनीले कारबाही गरेका सब एजेन्टहरूको विवरण पनि मासिक रुपमा बुझाउनुपर्ने व्यवस्था भएको छ । यो पनि महिना सकिएको ७ दिनभित्र नै बुझाउनु पर्ने व्यवस्था भएको हो ।

रेमिट्यान्स कारोबार गर्ने बैंक वित्तीय संस्था तथा कम्पनीलाई देश अनुसार रेमिट्यान्स कारोबारको विवरण पनि बुझाउनुपर्ने व्यवस्था भएको छ । यो विवरण मासिक रुपमा महिना बितेको ७ दिन भित्र पेश गर्नुपर्नेछ । केन्द्रीय बैंकका अनुसार देशगत कारोबार विवरण ३ दिनमा र कम्पनी अनुसारको कारोबार विवरण ७ दिनभित्र पेश गर्नु पर्नेछ ।

त्यसैगरी रेमिट्यान्स कम्पनीको सञ्चालक समितिको विवरण र प्रोभिजनल वित्तीय विवरण त्रैमासिक पेश गर्नु पर्नेछ । उक्त विवरण त्रैमास सकिएको १५ दिनभित्र बुझाउनु पर्ने केन्द्रीय बैंकले जनाएको छ ।

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More