― Advertisement ―

गोपनीयता बोरिंग हुन लागेको छ, र यो राम्रो कुरा हो (नोट गर्नेहरूका लागि)

हामीले नयाँ वर्षको सुरुवात गर्दा, धेरैले गोपनीयता को प्रक्रिया संगठनको रूपमा क्लाउड र एआई'- बेसको रूपमा विशेष गरी डाटा प्रयोग गरिन्छ। ढिलो आकाश छ।...
HomeLatest newsरुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता

रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता


शनिबार कीभमा रुसी ड्रोन र मिसाइल आक्रमण भएको ठाउँमा आगो निभाउँदै युक्रेनी अग्निनियन्त्रकहरू । तस्वीर : युक्रेनको राज्य आपतकालीन सेवा/रोयटर्स



११ माघ, काठमाडौं । रुस र युक्रेनबीच झन्डै चार वर्षदेखि जारी भीषण युद्ध अन्त्य गर्ने लक्ष्यका साथ संयुक्त अरब इमिरेट्सको आबुधाबीमा ऐतिहासिक वार्ता सम्पन्न भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष पहलमा आयोजित यस दुई दिने त्रिपक्षीय बैठकले दुवै पक्षलाई एउटै टेबुलमा ल्याउन सफल भएको छ। यसलाई अमेरिकी अधिकारीहरूले शान्तितर्फको एक महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गरेका छन्।

यस सकारात्मक सुरुवातसँगै दुवै राष्ट्र आगामी फेब्रुअरी १ तारिखमा दोस्रो चरणको वार्ताका लागि पुनः भेला हुन सहमत भएका छन्।

वार्ताअघि अमेरिकी विशेष दूतहरू जेरेड कुश्नर र स्टिभ विट्कोफले मस्कोमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब चार घण्टा लामो छलफल गरी शान्ति योजनाका बुँदाहरूमा केन्द्रित रहेर मार्गप्रशस्त गरेका थिए।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि यस संवादलाई रचनात्मक भन्दै युद्ध अन्त्यका लागि महत्त्वपूर्ण छलफल भएको बताएका छन्।

यद्यपि, कूटनीतिक प्रयासहरू भइरहँदा युद्धभूमिको वास्तविक स्थिति भने अझै तनावपूर्ण र चुनौतीपूर्ण देखिएको छ।

आबुधाबीमा शान्ति वार्ता चलिरहेकै समयमा रुसले युक्रेनका दुई ठूला सहरहरू किभ र खार्किभका ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण गरेको छ।

युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहाले यसलाई कूटनीतिक प्रयासकै बीचमा गरिएको रुसी आतङ्क भन्दै कडा आलोचना गरेका छन्। यस आक्रमणका कारण कठ्याङ्ग्रिँदो जाडो र शून्य डिग्रीभन्दा मुनिको तापक्रममा लाखौँ युक्रेनीहरू बिजुली, पानी र तापविहीन भई गम्भीर सङ्कटमा परेका छन्।

अर्कोतर्फ युक्रेनले पनि रुसी सीमा क्षेत्र बेल्गोरोडमा जवाफी ड्रोन प्रहार गरेको छ भने रुसी सेनाले खार्किभको स्टारित्स्या गाउँ कब्जा गरेको दाबी गरेको छ। यसरी एकातिर शान्तिको आशा र अर्कोतिर रणमैदानको हिंसाबीच यो कूटनीतिक प्रक्रिया संवेदनशील मोडमा पुगेको छ।

(स्रोत: द गार्जियन)

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More