― Advertisement ―

Surfshark भर्खरै वर्षको सबैभन्दा राम्रो सम्झौता छोड्यो – योजनाहरू 28 महिनाको सुरक्षाको लागि $ 50 भन्दा कमबाट सुरु हुन्छ

Surfshark ले TechRadar पाठकहरूलाई 88% सम्म छुटको विशेष छुट प्रदान गर्दैछ, जसमा थप 4 महिनाको सुरक्षा समावेश छ।यसको मतलब यो हो कि सर्फशार्कले प्रति...
HomeLatest newsरुपन्देही-२ मा उम्मेदवार बन्ने निकोलस भूसालको घोषणा

रुपन्देही-२ मा उम्मेदवार बन्ने निकोलस भूसालको घोषणा



२० मंसिर, बुटवल ।  निकोलस भनिने कमल भूसालले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी भूसालले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने बताए ।

२०७९ मा पनि रुपन्देही–२ मा उम्मेदवारी  दर्ता गराए पनि छात्रवृत्तिमा चिकित्सा शास्त्र पढ्दा सरकारी कोषबाट रकम लिएको विषयमा उनीविरुद्ध उजुरी परेपछि उम्मेदवारी खारेज भएको थियो ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले चुनावको मिति घोषणा गरेपछि रूपन्देही क्षेत्र नम्बर–२ मा उम्मेदवारी घोषणा गर्ने भूसाल पहिलो हुन् ।

रुपन्देही २ एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले जित्दै आएको क्षेत्र हो । गत निर्वाचनमा भने रास्वपाका उम्मेदवार गणेश पौडेलसँग १५ सय भन्दा कम मतको अन्तरले जितेका थिए ।

भूसालले आफ्नो टिमले अन्य क्षेत्रमा पनि उम्मेदवारी दिने गरी अघि बढेको बताए ।

उनले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टी तथा ऊर्जामन्त्री कुलमान घिसिङ र श्रम संस्कृति पार्टीका सभापति हर्क साम्पाङसँग पनि सहकार्य गरेर अघि बढने तयारी भएको जानकारी गराए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More