― Advertisement ―

मैले तपाईलाई एआई टाइममा बस्ने बारे बताउन खोजेको थिएँ — यो निबन्धले यसको कठोर वास्तविकतालाई केल गर्छ, र हामी वास्तवमै नराम्रो किन नहोस् भन्ने...

मै एक वर्षभन्दा बढी समयदेखि मानिसहरूलाई चेतावनी दिँदै आएको छु कि, तिनीहरूले AI बारे जतिसुकै महसुस गरे पनि, यसलाई बेवास्ता वा अस्वीकार गर्न सकिँदैन।...
HomeLatest newsरुघ्न आयोजनाको ठेक्का तोड्न मुख्यमन्त्री कँडेलको निर्देशन

रुघ्न आयोजनाको ठेक्का तोड्न मुख्यमन्त्री कँडेलको निर्देशन



८ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा काम नगरेर आयोजना अलपत्र पार्ने रुघ्न आयोजनाका ठेक्का प्रक्रिया मिलाएर तोड्न भौतिक मन्त्रालयलाई निर्देशन दिएका छन् ।

भौतिक योजना तथा शहरी विकास मन्त्रालयको अर्ध वार्षिक कार्यक्रममा मुख्यमन्त्री कँडेलले जतिसुकै पहुँच र शक्ति भएपनि समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोड्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री कँडेलले सरकारले आवश्यक बजेट छुट्टयाउने तर समयमा आयोजनाको काम सम्पन्न नगरेर अलपत्र पार्दा त्यसले सरकारप्रति नै नागरिकको अविश्वास पैदा हुने बताए ।

उनले भने, ‘पैसा छ, काम भइरहेको छैन र योजनालाई अलपत्र छाड्छ भने त्यस्ता निर्माण व्यवसायीप्रति हामी कुनै लचिलो हुनुपर्ने जरुरी र्छैन ।’

मुख्यमन्त्री कँडेलले सकेसम्म निर्माण व्यवसायीलाई सहजीकरण गरेर आयोजना सम्पन्न गर्ने दायित्व तिर लाग्न र सहजीकरणले समेत परिणाम नदेखिए नियमसंगत रूपमा ठेक्का अन्त्य गर्न मन्त्रालयलाई निर्देशन दिए ।

मुख्यमन्त्री कँडेलले प्रदेश राजधानी अन्तर्गतका सडक निर्माणमा लापरवाही गर्दा पूर्वमन्त्रीको समेत ठेक्का तोडिएको बताउँदै ठेक्का तोडदा तोडिएका ती आयोजनाहरूलाई पुनः सञ्चालन गर्न आवश्यक तयारी समेत गर्न निर्देशन दिए ।

उनले भने, ‘समयमा काम सम्पन्न नगरेपछि हामी बाहलवाला सांसद र मन्त्रीसमेत संग्लन भएको ठेक्का तोडेका छौँ, पावरबाट नडराउनुहोस्, सरकार त्यसको जिम्मा लिन्छ।’

मुख्यमन्त्री कँडेलले काम सम्पन्न गरिसकेपछि भुक्तानीमा ढिलाई नगर्न पनि मन्त्रालयलाई निर्देशन दिए ।

उनले भने, ‘निर्माण व्यवसायीले काम गरेको छ भने बाहाना नबनाउनुस, बोलाएर भएपनि भुक्तानी दिनुस् ।’

समीक्षा कार्यक्रममा मुख्यमन्त्री कँडेलले पुरानै मानसिकताले नागरिकले खोजे जस्तो परिणाम दिन सम्भव नभएकोले सबैले कार्यशैली समेत बदल्नुपर्ने बताए ।

नागरिकको अपेक्षा र राज्य संयन्त्रका कार्यशैलीबीच निकै खाडल रहेकोले परम्परागत कार्यशैलीले परिणाम सम्भव नहुने मुख्यमन्त्री कँडेलको भनाइ छ ।

मुख्यममन्त्री कँडेलले नागरिकले रिजल्ट खोजिरहेको र नागरिकले खोजे जस्तै रिजल्ट दिने विषयमा पुरानै कार्यशैलीले सम्भव नहुने बताए ।

उनले भने, ‘हाम्रा र तपाईका आफना कुरा होलान तर अव पनि पुरानै मानसिकताले काम गर्नु भयो भने रिजल्ट सम्भव छैन ।’

बजेट र कार्यक्रम बनाउँदा राजनीतिक नेतृत्वको भूमिका रहने भएपनि त्यसको कार्यान्वयनको प्रमुख जिम्मेवारी कर्मतन्त्रको हुने भएकोले कर्मचारीले कार्यकारी भूमिकामा रहेर काम गर्नुपर्ने मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

उनले नेता रिसाइहाल्छन् कि भनेर नहुने काम बोकेर नहिँड्न पनि कर्मचारीहरूलाई निर्देशन दिए ।

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More