― Advertisement ―

Amazon ले Pixel 11 सँग $ 100 उपहार कार्ड हालेको छ – सायद सबैभन्दा बोरिंग, तर उपयोगी, उद्घाटन सम्झौता

यदि तपाईंले आफूलाई सुरक्षित गर्नुभएको छैन भने Google Pixel 11 प्रिअर्डर, त्यसपछि मसँग फ्याँक्ने अर्को सम्भावित विकल्प छ। वास्तवमा, यो उत्तम विकल्प हुन सक्छ...
HomeLatest newsरुकुम पूर्वमा भारी हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्वमा भारी हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध



१० माघ, रुकुमपूर्व । ​रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू ठप्प भएका हुन् ।

सडक अवरुद्ध हुँदा विशेष गरी काठमाडौंबाट रुकुमपूर्व र पश्चिमका लागि छुटेका बसहरू बीच बाटोमै फसेका छन् । हिउँमा गाडीहरू फसेपछि चिसोमा यात्रुहरू बिचल्लीमा परेका छन् ।

​जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमा शंकरप्रसाद यादवका अनुसार, गाडीहरू फसेको सूचना लगत्तै उद्धारका लागि प्रहरी परिचालन गरिएको छ ।

‘इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा एउटा टोली घटनास्थलतर्फ पठाइएको छ’, डीएसपी यादवले भने, ‘अहिले पनि सो क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ, जसका कारण उद्धार र हिउँ पन्छाउने काममा केही कठिनाइ भइरहेको छ ।’

अवरुद्ध सडक खुलाउन स्थानीय तहसँग समन्वय गरेर काम भइरहेको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सीता परियारले फसेका यात्रुहरूको उद्धार र सडक सुचारु गर्न भूमे गाउँपालिकासँग समन्वय गरेर जेसेबी पठाइएकाे बताए ।

​’हामीले स्काभेटर लगाएर हिउँ पन्छाउने तयारी गरेका छौं, ‘ प्रजिअ परियारले भने, ‘निरन्तर हिमपात भइरहेकाले हिउँ पन्छाउन केही समय लाग्न सक्छ । तर, हामी यात्रुको सुरक्षित उद्धारमा जुटेका छौं ।’ ​अहिले रुकुमपूर्वका उच्च हिमाली भेगहरूमा जनजीवन प्रभावित भएको छ ।





Read More