― Advertisement ―

GPS ले हिमाल, गगनचुम्बी भवन र देशको फराकिलो भूगोलसँग संघर्ष गरेपछि जापानले आफ्नै स्याटेलाइट नेभिगेसन प्रणाली बनाएको छ।

विशिष्ट रूपमा QZSS को वरिपरिको वातावरण डिजाइन गर्न गाह्रो थियो। भूगोलसात-उपग्रह नक्षत्रले जापानलाई निरन्तर घरेलु नेभिगेसन कभरेजको नजिक ल्याउँछQZS-5 प्रक्षेपणको क्रममा हराएपछि QZS-7 सफलतापूर्वक...
HomeLatest newsरुकुम पश्चिमको सुकिदह जंगलमा एक पुरुषको शव फेला – KhabarHost

रुकुम पश्चिमको सुकिदह जंगलमा एक पुरुषको शव फेला – KhabarHost


राष्ट्रिय

समाचार.

  • रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ सुकिदहस्थित जंगलमा हड्डिमात्रै बाँकी अवस्थामा ३५ वर्षीय टेकबहादुर ओलीको शव फेला परेको छ।
  • शव गत कात्तिक १४ गतेदेखि बेपत्ता रहेका ओलीको कपडामार्फत् आफन्तले पहिचान गरेका हुन्।
  • प्रहरीले शव जिल्ला अस्पताल सल्ले ल्याउने तयारी गरिरहेको र घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।

२६ मंसिर, रुकुमपूर्व । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ सुकिदहस्थित घना जंगलमा हड्डिमात्रै बाँकी रहेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। स्थानीयले जंगलभित्र मानवीय अवशेष देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार घटनास्थलमा पुगेको प्रहरी टोलीले शव अत्यन्तै गलिसकेको अवस्थामा भेटिएको पुष्टि गरेको हो। शरिरका अधिकांश भाग सडेर हड्डी मात्र देखिने अवस्था रहेको उनले बताए।

प्रहरीका अनुसार शव सल्यानको बागचौर नगरपालिका–४ का ३५ वर्षीय टेकबहादुर ओलीको भएको पुष्टि भएको छ। गत कात्तिक १४ गतेदेखि बेपत्ता रहेका ओलीको पहिचान आफन्तले कपडामार्फत् गरेका हुन्।

आवश्यक प्रक्रिया पूरा गरी शव जिल्ला अस्पताल सल्ले ल्याउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ। टेकबहादुर ओलीको मृत्यु कसरी भयो भन्ने खुल्न बाँकी छ। घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।





Read More