― Advertisement ―

के तपाईको Xbox नियन्त्रकले हालसालै ब्याट्री समावेश नगरी पठाएको थियो? माइक्रोसफ्टले अन्ततः मुद्दालाई स्वीकार गरेको छ र खेलाडीहरूलाई ‘एक पटकको प्रस्ताव’ को साथ क्षतिपूर्ति...

केही Xbox ब्याटर शिपिङ बिना वायरलेस कन्ट्रोलरहरू छन्। महिनाहरूMicrosoft ले अब खेलाडीहरूलाई आफ्नो हराएको वस्तु नि:शुल्क दाबी गर्न "एक पटकको प्रस्ताव" प्रदान गरिरहेको छखेलाडीहरूले...
Homeराष्ट्रिय समाचाररुकुमपूर्वमा मकै भण्डारणको गज्जब तरिका (तस्वीरहरू)

रुकुमपूर्वमा मकै भण्डारणको गज्जब तरिका (तस्वीरहरू)



१७, कात्तिक, रुकुमपूर्व । रुकुमपूर्वका बासिन्दाले मकै भण्डारण गर्ने तरिका गज्जबको छ । यो तरिका परम्परागत मात्रै नभई प्रभावकारीसमेत देखिन्छ ।

भौगोलिक विकटताका कारण आधुनिक प्रविधिको पहुँच नपुगेका किसानले आफ्ना अन्नबालीलाई सुरक्षित राख्न आफ्नै सिप र ज्ञानमा आधारित मौलिक विधि प्रयोग गर्दै आएका छन् ।

पहेंलो माटो र सतो कमेरोले पोतिएका घर, खरको छानो र छतमा झुन्डिएका मकैका धोक्राले सजिएका गाउँहरू कात्तिक महिनाको सुरुवातसँगै झन् आकर्षक देखिन्छन् ।

भूमे गाउँपालिकाका महत, लुगुम, धर्मशाला, लाबाङ, गुनाम, सीमा लगायत पुथा उत्तरगंगा र सब गाउँपालिकाका विभिन्न गाउँमा हिउँद लागेपछि हरेक घरमा मकै झुन्डिएको देख्न सकिन्छ ।

किसानले बारीबाट भाँचेर ल्याएका मकैलाई बाँसको चोयाबाट बनाइएको ‘धोक्रा’मा राखेर घाममा सुकाउने गर्छन् । यसरी सुकाउँदा मकै रोग र कीराबाट बच्ने मात्र होइन, यो मकैको पिठोबाट बनेको ढिंडो पनि स्वादिलो हुने उनीहरूको अनुभव छ ।

रुकुमपूर्वका गाउँहरू दुर्गम भए पनि आफ्नै मौलिकता र सौन्दर्यले भरिएका छन् । घर-घरमा झुण्डिएको मकैको दृश्यले गाउँलाई सुनौलो र कलात्मक बनाइदिन्छ।

स्थानीय बासिन्दाका अनुसार, यस्ता दृश्यहरूले दर्जनौं चलचित्रहरूका दृश्यलाई पनि सिंगारिसकेका छन् । तर पछिल्लो समय आधुनिकता र प्रविधिको आकर्षणसँगै युवा पुस्ता परम्परागत सिपप्रति कम उत्साहित छन् । यस मौलिक परम्परालाई जोगाउन र प्रबर्द्धन गर्न स्थानीय र नीति निर्माण तह दुवैले ध्यान दिनु जरुरी छ ।

मकै भण्डारणको यस्तो प्राकृतिक र सिपमा आधारित उपाय आधुनिक प्रविधिसँग पनि प्रतिस्पर्धा गर्न सक्ने उत्कृष्ट उदाहरण हो । परम्परागत ज्ञानको संरक्षण र वैज्ञानिक परिमार्जनमार्फत यसलाई दीर्घकालीन बनाउनु अहिलेको आवश्यकता हो ।

तस्वीरहरू:

 





Read More