― Advertisement ―

NHS कर्मचारीहरू ‘नैतिक रूपमा दिवालिया’ Palantir सफ्टवेयर प्रयोग गर्न विरुद्ध पछाडि धकेल्छन्, भन्छन् ‘यसले हाम्रो लागि केही नयाँ गर्दैन’

यसलाई एनएचएसका कामदारहरूलाई सफ्टवेयरको अन्त्य गर्दै, केटाहरू लिंक गर्दै कम्पनीसरकारले प्रतिक्रियाको बीचमा ब्रेक क्लजलाई कथित रूपमा विचार गर्योयद्यपि, UK को FCA ले भर्खरै Palantir...
HomeLatest newsरुकुमपूर्वमा छैन ब्लड बैंक,बिरामी बचाउन हारगुहार – KhabarHost

रुकुमपूर्वमा छैन ब्लड बैंक,बिरामी बचाउन हारगुहार – KhabarHost



२२ रुकुमपूर्व, कात्तिक । नेपालकै कान्छो जिल्ला रुकुमपूर्वमा ब्लड बैंक छैन । ब्लड बैंक स्थापना नहुँदा बिरामीहरूको ज्यान जोगाउन हारगुहार गर्नुपर्ने बाध्यता छ । दुर्गम भूगोल र कठिन पहुँचका कारण यहाँका नागरिकहरू अझै आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित नै छन् ।

नेपालको संविधान २०७२ अनुसार राज्य पुनर्संरचनापछि स्थापना भएको रुकुमपूर्व तीनवटा गाउँपालिका सिस्ने, भूमे र पुथा उत्तरगंगा मिलेर बनेको छ । यी गाउँपालिकाका ३१ वटा वडामा बसोबास गर्ने बासिन्दा स्वास्थ्य उपचारका क्रममा रगतको अभावमा कठोर समस्या भोग्दै आएका छन् ।

रुकुमपूर्व अस्पतालका सूचना अधिकारी सृष्टि कोइरालाका अनुसार गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा मात्रै करिब २५ जना बिरामीलाई ब्लड बैंक नहुँदा ठूलो कठिनाइका बीच रगत जुटाएर मात्र उपचार गरिएको छ । ‘विशेषगरी सुत्केरी महिलामा रक्तश्राव हुने समस्या बढी देखिन्छ । ब्लड बैंक नहुँदा हामीले नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय समाजसेवीहरूसँग हारगुहार गरेर रक्तदाता जुटाउँछौं’, उनले भने ।

अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. कृष्ण खरेलले ब्लड बैंक स्थापनाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए । ‘आवश्यक पूर्वाधार निर्माण र स्वीकृतिका काम भइरहेको छ । केही महिनाभित्र रुकुमपूर्व अस्पतालमा ब्लड बैंक सञ्चालनमा ल्याउने लक्ष्य छ’, डा. खरेलले बताए ।

स्वास्थ्य कार्यालय रुकुमपूर्वका प्रमुख पशुपति आचार्यका अनुसार गर्भवती र सुत्केरीलाई ब्लड बैंक नहुँदा उपचारका लागि जिल्ला बाहिर रिफर गर्दा थप जोखिम बढ्ने गरेको छ । ‘रगत अभावका कारण सुत्केरीलाई अन्यत्र लैजानुपर्ने हुन्छ, तर बाटो दुर्गम भएकाले बीचमै ज्यान जोगाउन गाह्रो पर्छ । यो हाम्रो लागि दिनहुँको चुनौती बनेको छ’, उनले भने ।

रुकुमपूर्वमा ग्रामीण सडकमा हुने दुर्घटना पनि बढी भएकाले आकस्मिक अवस्थामा तुरुन्तै रगत आवश्यक पर्छ । तर, तात्कालै रगत दिने सुविधा नहुँदा उपचार ढिलो हुन्छ ।

आचार्यले प्रदेश कार्यालयसँग ब्लड बैंक स्थापनाका लागि आवश्यक पहल अघि बढाइरहेको जानकारी पनि दिए । हामीले प्रदेश कार्यालयसँग निरन्तर समन्वय गरिरहेका छौं । अब काम अघि बढ्ने अपेक्षा गरिएको बताए ।

समाजसेवी तथा युवा नेता चन्द्र रसाइलीका अनुसार, ब्लड बैंक नहुँदा सुत्केरी महिला र आकस्मिक बिरामीहरूको ज्यान जोखिममा पर्ने गरेको छ । ‘केही दिनअघि एक सुत्केरी महिलालाई रक्तश्राव भएपछि तत्काल रगत आवश्यक भयो । ब्लड बैंक नभएकाले हामीले सामाजिक सञ्जालमार्फत रगत माग्नुपर्‍यो’, रसाइलीले भने, ‘ यदि ब्लड बैंक भएको भए तत्काल उपचार सम्भव हुने थियो ।’

नेपाल सरकारले रुकुमपूर्वलाई हेर्ने दृष्टिकोण नै फरक रहेको रसाइलीको गुनासो छ ।

रुकुमपूर्व जस्तो हिमाली भेगमा ब्लड बैंकको अभावले आकस्मिक स्वास्थ्य सेवामा चुनौती थपिरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

यहाँका बासिन्दाहरु ब्लड बैंक स्थापना हुने र शल्यक्रिया, प्रसूति र आकस्मिक सेवामा ठूलो सहजता आउने प्रतीक्षामै छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More