― Advertisement ―

‘म दुखी छु’: OpenAI ले ChatGPT-4o बन्द गरेको छ, र रिसाएको प्रयोगकर्ताहरूले यसलाई पुनर्स्थापना गर्न #keep4o अभियानलाई समर्थन गरिरहेका छन्

OpenAI ले आधिकारिक रूपमा असक्षम गरेको छ LOT><liChat माLOT-LiChat प्रयोगकर्ताहरूले यो स्विचको बारेमा भावनात्मक र अप्ठ्यारो महसुस गरिरहेका छन्एक आधिकारिक #keep4o अभियान चलिरहेको छहामीलाई...
HomeLatest newsरिक्त भएको साढे ३ महिनापछि गुप्तचरको एआईजीमा खड्काको बढुवा

रिक्त भएको साढे ३ महिनापछि गुप्तचरको एआईजीमा खड्काको बढुवा



२१ पुस, काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक (एआईजी) पदमा ओमबहादुर खड्कालाई बढुवा गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख तथा मुख्य अनुसन्धान निर्देशक हुतराज थापा अवकाशमा गएपछि ५ असोजमा एआईजी टेकेन्द्र कार्कीलाईलाई मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरिएको थियो ।

कार्की मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएसँगै एक एआईजीको पद रिक्त थियो । तर साढे तीन माहिनासम्म सरकारले एआईजीमा कसैलाई बढुवा नगरी राखेको थियो । अन्तत: साढे तीन महिनापछि बढुवाको पहिलो दाबेबारमा रहेका खड्का एआईजी बनेका छन् ।





Read More