― Advertisement ―

Amazon को २०२६ को मध्य-वर्ष भर्खरै सुरु भएको छ — यो EOFY किनमेल एक्स्ट्रावागान्जाको पहिलो दिनमा किनमेल गर्नका लागि यी उत्कृष्ट ७५+ डिलहरू हुन्।

ताजा गर्नुहोस् 2026-06-01T04:31:52.804Z आफ्नो घरमा AU$50 भन्दा कममा स्मार्टहरू थप्नुहोस् style="max-width:2000px;"> <source type="image/webp" srcset="https://cdn.mos.cms.futurecdn.net/5aGu7Mqrgw62kyDq5ACBUZ-1200-80.jpg.webp 1200w, https://cdn.mos.cms.futurecdn.net/5aGu7Mqrgw62kyDq5ACBUZ-1024-80.jpg.webp 1024w, https://cdn.mos.cms.futurecdn.net/5aGu7Mqrgw62kyDq9p00p0ACBUZ-1024w 970w, https://cdn.mos.cms.futurecdn.net/5aGu7Mqrgw62kyDq5ACBUZ-650-80.jpg.webp 650w, https://cdn.mos.cms.futurecdn.net/5aGu7Mqrgw62kyDq5ACBUZ-650w 480w, https://cdn.mos.cms.futurecdn.net/5aGu7Mqrgw62kyDq5ACBUZ-320-80.jpg.webp 320w"...
HomeLatest newsरास्वपा विस्तारित बैठकमा के हुँदैछ ? – KhabarHost

रास्वपा विस्तारित बैठकमा के हुँदैछ ? – KhabarHost



२१ कात्तिक, चितवन । चितवनको सौराहास्थित चित्रसारीमा आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक सुरु हुँदै छ । २१ र २२ कात्तिकसम्म सञ्चालन हुने विस्तारित बैठकले पार्टीको आगामी रणनीति तय गर्नेछ ।

शुक्रबार बिहान ८ बजेदेखि विस्तारित बैठक सुरु गर्ने तयारी छ । त्यसका लागि अधिकांश प्रतिनिधिहरू बैठकमा सहभागी हुन विहीबार राति नै सौराहा आइसकेका छन् । रास्वपाले विहीबार सौराहामा पत्रकार सम्मेलन आयोजना गरी बैठकको तयारी पूरा भएको जनाएको छ ।

बैठक उदघाटन पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले गर्नेछन् । बैठकमा पार्टीका कार्यवाहक सभापति अर्यालले राजनीतिक र अर्का उपसभापति डा.स्वर्णिम बाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्नेछन् ।

साथै, महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक र सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार चयनको विधी सम्बन्धी प्रतिवेदन पेस गर्ने तयारी गरेका छन् ।

बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी संगठनका पदाधिकारी तथा पालिकाका सभापतिहरूसहित ५१२ जना प्रतिनिधि सहभागी हुनेछन् ।

बैठकमा प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारेमा धारणा राख्नेछन् ।

बैठकमा पेस गरिएका प्रतिवेदनमाथि प्रतिनिधिहरूले सुझाव राख्ने र ती सुझावलाई समेत समेटेर परिमार्जन गर्नुपर्ने देखिए परिमार्जनसहित विस्तारित बैठक सकिने रास्वपा केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए ।

बैठकमा सो पार्टीले आगामी फागुनमा तोकेको महाधिवेशनका बारेमा पनि छलफल जनाइएको छ । फागुनमा निर्वाचन गर्ने सरकारको तयारीसँगै महाधिवेशन के गर्ने भन्ने बारेमा पनि निर्णय लिइने नेताहरूले जनाएका छन् ।

विस्तारित बैठकमा पार्टी संरचनाको पुनर्गठन, विगतमा अंगिकार गरेका विधि, रणनीति, सांगठनिक कमजोरी भावी रणनीति लगायतमा सघन बहस हुने नेताहरूले जानकारी गराएका छन् ।

पार्टी संरचनाको गठन पुनर्गठन जस्ता विषयमा पनि छलफल हुने बताइएको छ । वैकल्पिक राजनीतिक शक्ति निर्माणका बारेमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।

पार्टी प्रवक्ता मनिष झाले पार्टीभित्र आउने फरक–फरक धारणालाई सम्मान गर्ने र सबैले आफ्ना धारणा राख्न पाउने बताए ।

जेनजी आन्दोलनका क्रममा सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्केपछि उत्पन्न भएको विवादका बारेमा समेत र देखिएको विग्रहका बारेमा समेत पार्टीको धारणा आउने जनाइएको छ । जेनजी आन्दोलनपछि पार्टीको भावी कार्यदिशा तय हुने प्रवक्ता झाले बताए ।

प्रतिनिधिलाई खानाको व्यवस्था, आवासको जिम्मा आफ्नै

रास्वपाको विस्तारित बैठकमा सहभागी प्रतिनिधिहरूलाई खानाको व्यवस्थापन गरिएको छ भने आवासको व्यवस्थापन आफैंले गर्न भनिएको छ ।

दुई दिनको खाना र खाजा पार्टीले नै व्यवस्थापन गर्नेछ भने आवासको व्यवस्थापन प्रतिनिधि आफैंले गर्नेछन् ।

खाना र खाजाका लागि हरेक प्रतिनिधिबाट १ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । हल परिसरमा नै क्याटरिङ लगाएर पकाउने र खाने व्यवस्था गरिएको रास्वपका जिल्ला सभापति कृष्णप्रसाद भुषालले बताए । उनले प्रतिनिधिहरूलाई आवासको व्यवस्थापनको संयोजन पनि भइरहेको बताए ।

सौराहाको होटलमा साधारण कोठाको १ हजार, मध्यम खालको कोठाको २ हजार र अलि बढी सुविधायुक्त कोठाको ३ हजार रकम दिने सहमति भएको छ ।

कसैले स्वेच्छिक रूपमा बस्न चाहे सो अनुसार बस्न सक्नेछन् ।  विस्तारित बैठकको व्यवस्थापनका लागि पूर्वसांसद हरि ढकालको नेतृत्वमा १७ सदस्यीय मूल समिति र ७ वटा उपसमिति गठन गरिएको छ ।





Read More