― Advertisement ―

अमेरिकी सेनाले निजी ड्रोन निर्माताहरूलाई पहिले सरकारी सम्झौताको आवश्यकता बिना सैन्य दायरामा हतियार परीक्षण गर्न अनुमति दिँदैछ

निजी अमेरिकी ड्रोन कम्पनीहरूले सेनालाई पहुँच गर्न अनुरोध गर्न सक्नेछन्। दायराहरूरेन्ज पहुँच अनुरोध गर्नु अघि कम्पनीहरूलाई अब विद्यमान सरकारी साझेदारीको आवश्यकता पर्दैनअमेरिका र मोरक्को...
HomeLatest newsरास्वपा र विवेकशीलबीच एकीकरणका लागि भोलि एकता घोषणा सभा हुँदै

रास्वपा र विवेकशीलबीच एकीकरणका लागि भोलि एकता घोषणा सभा हुँदै


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच आइतबार राष्ट्रियसभा गृहमा एकता घोषणा सभा आयोजना हुने भएको छ।
  • रास्वपाका प्रवक्ता मनिष झाले एकता घोषणा सभाको समय दिउँसो २ बजे तय भएको जानकारी दिनुभयो।
  • रास्वपाको भर्चुअल केन्द्रीय समितिको बैठकले विवेकशील पार्टीसँग एकीकरण प्रस्ताव सहर्ष स्वागत गर्दै एकता सभा आयोजना गर्ने निर्णय गरेको थियो।

१३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आइतबार एकता हुने भएको छ ।

पार्टी एकताका लागि आइतबार एकता घोषणा सभा राखिएको छ ।

आइतबार दिउँसो २ बजे राष्ट्रियसभा गृहमा एकता घोषणा सभा आयोजना गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।

शुक्रबार साँझ बसेको रास्वपा केन्द्रीय समितिको विशेष बैठक (भर्चुअल) ले विवेकशील पार्टीसँग एकीकरण गर्ने प्रस्ताव सहर्ष स्वागत गर्दै एकता घोषणासभा आयोजना गर्ने निर्णय गरेको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More