― Advertisement ―

‘केही सृजनात्मक जागिरहरू हराउनेछन्, तर सायद तिनीहरू त्यहाँ पहिलो स्थानमा हुनुहुँदैन थियो’ – पूर्व ओपनएआई सीटीओ मीरा मुराती द्वारा दिनको उद्धरण

मेसिनले एक दिन कार्यस्थलमा मानिसको स्थान लिनेछन् भन्ने भविष्यवाणी दशकौंदेखि गरिएको छ। तर त्यहाँ एक बढ्दो अनुभूति छ कि, जेनेरेटिभ एआईले केही हदसम्म मानवीय...
HomeLatest newsरास्वपासँगको एकतापछि रञ्जु दर्शना- बिलाउन होइन, मिलाउन आएका हौं

रास्वपासँगको एकतापछि रञ्जु दर्शना- बिलाउन होइन, मिलाउन आएका हौं



१४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेकी नेता रञ्जु दर्शनाले आफू बिलाउन नभइ मिलाउन आएको दाबी गरेकी छिन् ।

आइतबार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

उनले आफूलाई धेरैले बिलाउन गएको भनेर टिप्पणी गरिरहेको पनि बताइन् ।

‘मलाई बारम्बार मिडियाका साथीहरूले र एकता मन नपराएका साथीहरूले तिमिहरूले बिलाउन गयौं भनिरहनुभएका छन् । हामी बिलाउन हैन, मिलाउन आएका हौं । यो सबैले स्पष्टसँग सुन्नुहोला,’ उनले भनिन् ।

साथै, उनले टुटफुट झेलेर पाठ सिक्दै अहिले एकताबद्ध भएको बताइन् ।

‘धेरै टुटफुट झेलिसक्नुभयो, यहाँ आउँदा भाँडभैलो गर्नुहुन्छ कि भन्ने पनि छ । ए बाबा त्यही टुटफुट झेलिसकेको भएर त हामीले ठूलो पाठ सिक्यौं । टुटेर होइन फुटेर हुन्छ भनेर । अबको राजनीति जुटकै राजनीति हुनुपर्छ,’ उनले भनेकी छिन् ।

नेपाललाई समृद्ध हुनका लागि अब वैकल्पिक शक्तिले बहुमत ल्याउनुपर्ने बताइन् ।

‘किनकी नेपाललाई समृद्ध हुनका लागि धेरै वर्ष हामीसँग छैन । अब आउने निर्वाचनबाट बहुमत यो पार्टीले ल्याउनैपर्छ, वैकल्पिक शक्तिले ल्याउनैपर्छ । तबमात्रै एक दशकसम्म हामीले विकास ल्याउन सक्छौं,’ उनले भनिन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More