― Advertisement ―

Homeराष्ट्रिय समाचाररास्वपामा विभागीय जिम्मेवारी हेरफेर, श्रेष्ठले पाए संगठन विभाग उपप्रमुख

रास्वपामा विभागीय जिम्मेवारी हेरफेर, श्रेष्ठले पाए संगठन विभाग उपप्रमुख



१६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभागको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार, आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले जिम्मेवारी हेरफेर गरेको हो ।

झाका अनुसार, आइतबार पार्टी प्रवेश गरेका बोधनारायण श्रेष्ठलाई केन्द्रीय संगठन विभागको उपप्रमुख बनाइएको छ । व्यवस्थापन विज्ञ श्रेष्ठ धादिङका हुन् र उनीसँग लामो समय संयुक्त राष्ट्रसंघ नेपालमा काम गरेको अनुभव छ । उनी पार्टीका कार्यवाहक सभापति डीपी अर्यालका शिक्षक पनि हुन् ।

झाका अनुसार, रविकिरण अधिकारीले अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । उनी लामो समयदेखि नेपालका विविध अनुसन्धानमा कार्यरत रहेको पार्टीले जनाएको छ ।

रामप्रसाद भट्टराईलाई केन्द्रीय प्रशिक्षण विभाग सदस्यको जिम्मेवारी दिइएको झाले जनाएका छन् । उनी नेपाल स्काउटका पूर्व निर्देशक हुन् ।

डा. कृष्णमान शाक्यले केन्द्रीय प्रशिक्षण विभाग सदस्यको जिम्मेवारी पाएका छन् । उनी जनस्वास्थ्य विज्ञ हुन् ।

युवा अधिवक्ता सुलभ खरेल कानुन, न्याय तथा मानवअधिकार विभागको उपप्रमुख बनेका छन् भने शिक्षाविद् तोयानारायण पौडेलले केन्द्रीय शिक्षा विभाग सदस्यको जिम्मेवारी पाएका छन् ।

प्रवक्ता झाका अनुसार, पार्थीवेन्द्र उपाध्याय केन्द्रीय शिक्षा विभागका सदस्य बनेका छन् भने ज्ञान पौडेल महिला विभागको सदस्य बनेकी छन् ।

अर्जुन अधिकारी प्रवास नेपाली सम्पर्क विभाग उपप्रमुखको उपप्रमुख बन्दा मनिराम घिमिरे केन्द्रीय शिक्षा विभागको सदस्य बनेका छन् ।

लुम्बिनी प्रदेशकी पूर्वमन्त्री कल्पना पाण्डे केन्द्रीय महिला विभाग सदस्य, ज्ञानेन्द्र महता विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको सचिव र प्रमिला कुमारी सिंहले नीति विचार विभागको सदस्यको जिम्मेवारी पाएका प्रवक्ता झाले जानकारी दिए ।

रास्वपाले रविकिरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुख, सुलभ खरेललाई कानुन, न्याय तथा मानवअधिकार विभागको उपप्रमुखको जिम्मेवारी दिइएको छ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More