― Advertisement ―

के AI ले तपाईंको SMB लाई साँच्चै मद्दत गरिरहेको छ? अध्ययनले पत्ता लगायो कि एक चौथाई कार्यकारीहरूले उनीहरूको एआईले वास्तवमा के गर्छ भनेर व्याख्या...

अध्ययनले% AI-पुटजनलाई पत्ता लगाउने सङ्घर्षका नेताहरूलाई फेला पार्छ। सरोकारवालाहरूएसएमईहरूले लेखापरीक्षण र अनुपालनलगायत जटिल वित्तीय कार्यहरूका साथ एआईलाई विश्वास गरिरहेका छन्ग्राहक र लगानीकर्ताहरूले अप्रमाणित एआई...
HomeLatest newsरास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ।
  • प्रवक्ता मनिष झाले इच्छुक सदस्यले पार्टीको मोबाइल एपमार्फत अनलाइन आवेदन दिन सक्ने जानकारी दिए।
  • उम्मेदवारी दिने समयावधि मंसिर २२ देखि २५ गतेसम्म रहेको र विस्तृत जानकारी पार्टीको वेबसाइटमा उपलब्ध रहेको बताइएको छ।

१८ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोटमा भाग लिन आह्वान गरेको छ ।

सो पार्टीले आज सूचना जारी फागुन २१ गते हुने आमनिर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

योग्यता पुगेका इच्छुक पार्टी सदस्यले राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एपमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

उम्मेदवारी दिने समयावधि मङ्सिर २२ गतेदेखि २५ गतेसम्म रहेको छ । उम्मेदवार छनोट रूपरेखाबारे विस्तृत रूपमा अध्ययन गर्न र निवेदनका लागि पार्टीको वेबसाइटमा हेर्न भनिएको छ ।





Read More