२१ कात्तिक, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सुरक्षा चिन्ताले पदबाट राजीनामा दिएको रास्वपाले निष्कर्ष निकालेको छ ।
केन्द्रीय समिति बैठकमा कार्यबाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै स्कुले विद्यार्थी मारिएको दु:खमा ओलीले राजीनामा नदिएको उल्लेख गरेका छन् ।
‘तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन बाध्यपारेको पनि २४ गतेको घटनाले नै हो,’ उनले लेखेका छन्, ‘स्कुले विद्यार्थीले ज्यान गुमाउनु परेको दु:खमा होइन, आफ्नै सुरक्षाको चिन्तामा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।’
रास्वपाले २४ भदौको विध्वंशमा पनि राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको दावी गरेको छ ।
‘भदौ २४ को विध्वंशमा त राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको तथ्य फोटो र भिडियोबाट खुलिसकेको छ,’ अर्यालले लेखेका छन् ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

