― Advertisement ―

विज्ञहरूले बच्चाहरूको लागि एआई खेलौना एपहरूले प्रयोगकर्ताहरू ट्र्याक गर्दै र व्यक्तिगत डेटा सङ्कलन गरिरहेको चेतावनी दिन्छ

Cybernews an Kids को लागि एन्ड्रोइड एप एआई/रोबोटिक खेलौना र रिपोर्ट गरिएका सबै घोषणा गरिएका अनुमतिहरूमध्ये आधालाई एन्ड्रोइड दिशानिर्देशहरूद्वारा खतरनाक मानिन्छअनुसन्धानले उनीहरूले जाँच गरेका...
HomeLatest newsरास्वपाका समानुपातिक उम्मेदवारका आकांक्षीको प्रारम्भिक मतदान सुरु

रास्वपाका समानुपातिक उम्मेदवारका आकांक्षीको प्रारम्भिक मतदान सुरु



१२ पुस, काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फको उम्मेदवारका आकांक्षीहरूका लागि प्रारम्भिक मतदान सुरू गरेको छ ।

२१ फागुनका लागि तय भएको निर्वाचनका लागि समानुपातिकतर्फका आकांक्षीहरूका लागि रास्वपाले शनिबार बिहानदेखि प्रारम्भिक मतदान सुरू गरेको हो ।

शनिबार बिहान ७ बजेदेखि सुरू भएको प्रारम्भिक मतदानका लागि ३६ घण्टा समयावधि छुट्याइएको छ । मतदान भोलि (आइतबार) साँझ ७ बजे सकिने रास्वपाले जनाएको छ ।

कुल ४१४ आकांक्षी उम्मेदवारहरूमा एक जनाले बढीमा ११० जनालाई मत दिन सक्ने छन् । ११० जनालाई मत दिँदा न्यूनतम ५७ जना महिलालाई मत दिनुपर्ने भनिएको छ ।

मतदान मोबाइल एपमार्फत् गर्नुपर्ने रास्वपाले जनाएको छ । विभिन्न ६ क्लष्टरमा मतदान गर्दा कुनै पनि क्लस्टर छोड्न नमिल्ने विधि बनाइएको छ । देश भित्र र बाहिर रहेका पार्टीका सदस्यहरू प्रारम्भिक मतदानका मतदाता हुन ।

प्रारम्भिक मतदानबाट खास–आर्यतर्फ ३३, आदिवासी–जनजातितर्फ ३२, मधेशीतर्फ १८, दलिततर्फ १५, थारुतर्फ ८ र मुस्लिमतर्फ ५ जना उम्मेदवार छनोट हुने बताइएको छ ।





Read More