― Advertisement ―

अमेरिकी नौसेनाले भर्खरै आफ्नो विमान वाहकहरूलाई समुद्रमा मानवरहित विमानहरू नियन्त्रण गर्न समर्पित कमाण्ड सेन्टर दिएको छ।

USS Theodore पहिले नै कारको लागि तयार छ। MQ-25 अपरेसनहरूUS नौसेनाले क्यारियरहरूमा मानवरहित विमानहरू सञ्चालन गर्न आवश्यक पूर्वाधार विकास गर्न वर्षौं बिताएरोनाल्ड रेगनले अगस्त...
HomeLatest newsराष्ट्रिय सभा उम्मेदवार माथि आज उजुरी दिन सकिने – KhabarHost

राष्ट्रिय सभा उम्मेदवार माथि आज उजुरी दिन सकिने – KhabarHost



२४ पुस, काठमाडौं ।  यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएकाहरुमाथि आज उजुरी दिन सकिने  निर्वाचन आयोगले जनाएको छ ।

हिजो सातै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भएको थियो ।

आज ती उम्मेदवारी उपर उजुरी परेमा यही पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने आयोगको कार्यतालिका छ ।

यसैगरी पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

राष्ट्रिय सभाको १८ सिटका लागि ४४ जनाको उम्मेदवारी परेको छ । ती सिटमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।

प्रतिनिधि सभा निर्वाचन भने फागुन ११ गते हुँदैछ । प्रतिनिधि सभा निर्वाचन आउन अब ५७ दिन बाँकी छ ।





Read More