― Advertisement ―

जर्ज मेलियसले 130 वर्ष पहिले एआई रोबोट विद्रोहको बारेमा हामीलाई चेतावनी दिन खोजे, र म छक्क परेको छैन।

एक शोम्यानले रोबोटलाई शक्ति दिन्छ, जुन त्यसपछि नियन्त्रण बाहिर बढ्छ र उसलाई आक्रमण गर्दछ। यो एक परिचित विषयवस्तु हो, सायद २० औं र २१...
HomeLatest newsराष्ट्रिय सभालाई थप अधिकार दिने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड

राष्ट्रिय सभालाई थप अधिकार दिने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड


फाइल तस्वीर



३१ असोज, काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले राष्ट्रिय सभालाई थप अधिकार दिने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाको भूमिका के कसो हुन सक्दछ भनेर राजधानीमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले संवैधानिक रूपमै राष्ट्रिय सभालाई बलियो बनाउन आवश्यक रहेको बताएका हुन् ।

राष्ट्रिय सभा सदस्य वामदेव गौतमका अनुसार प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रिय सभा एक्लैले नीतिगत कामहरू केही गर्न सक्दैन ।

उनी भन्छन्, ‘संविधानले दिएको अधिकार र परिधिभित्र जति गर्न सकिन्छ त्यो भूमिका निर्वाह गर्दै आएका छौं । तर, राष्ट्रिय सभा एक्लैले केही गर्न सक्दैन ।’

वर्तमान परिस्थितिमा हुने छलफलले आन्दोलनरत पक्ष, सरकार र राजनीतिक दलहरूबीच सौहार्द वातावरण बनाउन सक्नुपर्ने उनको भनाइ छ । यस अन्तर्गत राष्ट्रिय सभाले गर्न सक्ने काममा लागि राजनीतिक दलहरूका बीचमा संवाद हुन आवश्यक रहेको उनको आग्रह ।

राष्ट्रिय सभाका अर्का सदस्य सुमित्रा बिसीले जेनजी आन्दोलनका नाममा भएका गलत कार्य र घटनाको निष्पक्ष छानबिन हुन आवश्यक रहेको बताइन् ।

यसका अलावा सरकारले चुनावमा ध्यान दिनुपर्ने उनको आग्रह छ । यसका लागि के कस्तो भूमिका निर्वाह गर्नुपर्छ त्यसका लागि आफूहरू छलफलमा रहेको उनले बताइन् । ‘छठ पछाडि समितिहरूले सक्रिय काम गर्छ’ उनको प्रतिबद्धता छ ।

राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले हाल राष्ट्रिय सभाको अधिवेशन नरहेको बताए । अधिवेशन नरहेता पनि संसदीय विषयगत समितिको बैठक सक्ने र एउटा बैठक बसेको उनले बताए ।

अधिवेशन पनि बोलाएर अगाडि बढ्नुपर्नेमा उनको जोड रहेको छ । ‘तिहारलगत्तै संसद अधिवेशन आह्वान होस् । काम गर्न दिइयोस’ उनले भनेका छन्, ‘संसद खुला हुनुपर्छ । संसद खुलोस् ।’

संसदीय विषयगत समितिले समेत सरकारलाई खबरदारी गर्न सक्ने तर, सभाबाटै गरिने रुलिङ र निर्देशन अझ प्रभावकारी हुने उनको आग्रह छ ।

राष्ट्रिय सभाका पूर्वसचिव राजेन्द्र फुँयाल संविधानले नै कानुन बनाउन दुवै सदन चाहिने भनेको बताउँछन् । विशेष परिस्थितिमा प्रतिनिधिसभा नहुँदा राष्ट्रिय सभा स्थायी सदन भएकाले राष्ट्रिय सभा एक्लैले पनि कानुन बनाउन सक्ने भनेर संविधानमा लेख्न सकिने र यसका लागि राष्ट्रिय सभाले नै वातावरण बनाउन सक्नुपर्ने उनको आग्रह छ ।

पूर्वसचिव फुँयाल भन्छन्, ‘राष्ट्रिय सभाको आवश्यकता र औचित्य स्थापित गर्दै जाँदा यसलाई विशेष अवस्थामा एक्लै पनि कानुन बनाउन सक्ने गरी अधिकार दिने भनेर संविधानमा लेख्न सकिन्छ । यसका लागि वातावरण अहिलेको जस्तो विषम परिस्थितिमा राष्ट्रिय सभाले खेल्ने भूमिकाले आम विश्वास जित्न सक्नुपर्छ ।’

विगतमा राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउनेगरी संविधान संशोधन गर्ने विषय समेत उठेको थियो । यस्तो विषयको उठानकर्ता वामदेव गौतम हाल राष्ट्रिय सभामै छन् ।

आफूले राष्ट्रिय सभालाई बलियो बनाउन त्यस्तो कुरा गरेको गौतमको भनाइ रहेको छ । राष्ट्रिय सभाका पूर्वसचिव फुँयाल राष्ट्रिय सभालाई थप बलियो बनाउन के कस्ता प्रावधान राख्न सकिन्छ भनेर छलफल गर्नु अगाडि यो सभाको भूमिकाले आम रुपमा विश्वास जित्न सक्नुपर्ने बताउँछन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More