― Advertisement ―

NHS कर्मचारीहरू ‘नैतिक रूपमा दिवालिया’ Palantir सफ्टवेयर प्रयोग गर्न विरुद्ध पछाडि धकेल्छन्, भन्छन् ‘यसले हाम्रो लागि केही नयाँ गर्दैन’

यसलाई एनएचएसका कामदारहरूलाई सफ्टवेयरको अन्त्य गर्दै, केटाहरू लिंक गर्दै कम्पनीसरकारले प्रतिक्रियाको बीचमा ब्रेक क्लजलाई कथित रूपमा विचार गर्योयद्यपि, UK को FCA ले भर्खरै Palantir...
HomeLatest newsराष्ट्रिय लिगको खेलतालिकामा हेरफेर- मिति, समय र स्थान परिवर्तन

राष्ट्रिय लिगको खेलतालिकामा हेरफेर- मिति, समय र स्थान परिवर्तन


राष्ट्रिय

समाचार.

  • अखिल नेपाल फुटबल संघले राष्ट्रिय लिग फुटबल प्रतियोगिताको खेलतालिकामा प्राविधिक कारणले मिति, स्थान र समयमा परिवर्तन गरेको छ।
  • राष्ट्रिय लिग फुटबल पुस ३० देखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा १७ टोलीको सहभागितामा सुरु हुनेछ।
  • माघ २५ देखि फागुन ९ र फागुन १६ देखि २३ सम्म रेस्ट डे राखिएको छ, र राष्ट्रिय लिग विजेताले नगद ५० लाख पुरस्कार पाउनेछ।

२० पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने राष्ट्रिय लिग फुटबल प्रतियोगिताको खेलतालिकामा हेरफेर भएको छ ।

एन्फाले प्राविधिक कारण भन्दै खेल हुने मिति देखि स्थान र समयमा परिवर्तन गरेको छ । यद्यपी यसअघि नै तय भए अनुसार राष्ट्रिय लिग पुस ३० देखि नै सुरु हुनेछ भने पहिलो खेलमा कांक्रेविहार र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै सोही दिन श्री भगवती र चर्च ब्वाइज क्लबबीच पनि खेल हुनेछ । दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने एन्फाले जनाएको छ ।

राष्ट्रिय लिग फुटबलमा ए डिभिजनका १३ टोलीसँगै एन्फा प्रेसिडेन्ट लिगबाट आएका चार टोली गरी १७ टोलीको सहभागिता रहनेछ । सिंगल राउण्ड रोविनका आधारमा खेलाइने लिगमा कूल १३६ खेल हुनेछ ।

एन्फाले ४८ खेल सम्मको मिति र खेलस्थल समेत तोकेको छ भने ६४ खेलसम्मको मिति पनि तय गरेको छ । बाँकी ७२ खेलको मिति तय हुन बाँकी छ ।

एन्फाले आउने माघ २८ गते झापामा वार्षिक साधारण सभा र अर्ली इलेक्सन गर्ने घोषणा गरेको छ । उक्त निर्वाचन, मोफसलको प्रतियोगिता र दशौँ राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै माघ २५ देखि फागुन ९ गतेसम्म रेस्ट डे राखिएको छ । यस्तै निर्वाचनलाई मध्यनजर गर्दै फागुन १६ देखि २३ गतेसम्म पनि रेस्ट डे राखिएको छ ।

राष्ट्रिय लिगको विजेताले नगद ५० लाख पुरस्कार पाउने एन्फाले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

परिमार्जित तालिका

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More