काठमाडौं, वैशाख ९

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार मध्यरातबाट लागु हुने संघीय संसदको दुवै सदनको चालू अधिवेशन स्थगित गर्नुभएको छ ।
राष्ट्रपतिका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपालको संविधानको धारा ९३(२) बमोजिम वैशाख २५ गते मन्त्रिपरिषद्को सिफारिसमा उक्त निर्णय गरिएको हो ।