काठमाडौं, वैशाख ८
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
संविधानको धारा ९५ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनले शुक्रबार दिउँसो ३ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपतिले दुवै सदन र तल्लो सदनका सबै सदस्यलाई अधिवेशनमा उपस्थित हुन आह्वान गर्नुभएको छ ।

