― Advertisement ―

मंगलबार, अप्रिल ७ (खेल #७६५) का लागि NYT Strands संकेत र जवाफहरू

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT puzzle रात्रिको लागि तपाइँको दिनको मध्यमा एक नयाँ समय देखा पर्दछ। जसको मतलब कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका...
HomeLatest newsराम कार्की – KhabarHost

राम कार्की – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा माओवादी केन्द्र छाडेका नेता राम कार्कीले अक्षम नेतृत्वलाई प्रतिस्थापित गर्न नसक्दा नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको बताएका छन्।
  • कार्कीले विभिन्न समूहमा रहेका सच्चा कम्युनिष्टहरूलाई एकीकृत समाजवादी अभियानमा जुट्न आह्वान गरेका छन्।
  • उनले भने, ‘कम्युनिष्ट नाम बोकेका अनगिन्ती पार्टी भए पनि ती सबै विघटित भइसकेको छ’ र अब शान्तिपूर्ण तर जुझारु संघर्ष गर्ने बताए।

१८ कात्तिक, काठमाडौं। नेकपा माओवादी केन्द्र छाडेका नेता राम कार्कीले अक्षम नेतृत्वलाई प्रतिस्थापित गर्न नसक्दा नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको बताएका छन्।

नेकपा एकीकृत समाजवादी लगायतसँगको एकता सम्बन्धी एजेन्डा पारित गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक चलिरहँदा अलग्गै पत्रकार सम्मेलन गर्दै नेता कार्कीले नेपालमा कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको बताएका हुन्।

यति वर्ष संघर्ष गर्दा पनि आफ्नो पार्टी नेतृत्वलाई सुधार गर्न तथा विस्थापित गर्न नसकेको भन्दै उनले समाजवादका निम्ति अब एकीकृत अभियान सुरु गर्ने बताए।

उनले विभिन्न समूहमा रहेका र विभिन्न दलमा रहेका सच्चा कम्युनिष्टहरूलाई एकीकृत समाजवादी अभियानमा जुट्न उनले आह्वान गरे।

कार्कीसँगै पत्रकार सम्मेलनमा माओवादीका तत्कालीन उपमहासचिव जनार्दन शर्मा पनि उपस्थित छन्।

‘राजनीतिक पार्टी र जनताको बीचमा गहिरो र फराकिलो खाडल तयार भयो। खाडल छ भन्ने सबैले भन्दै, लेख्दै थिए। खास गरेर हाम्रो पंक्तिले हाम्रो नालायक नेतृत्वलाई प्रतिस्थापित गर्ने ल्याकत राखेन,’ उनले भने, ‘यत्रो ठूलो सहादत, बलिदान, योगदान, जनताको समर्थनका बाबजुद नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको छ।’

उनले अब यो शक्तिले शान्तिपूर्ण तर जुझारु संघर्ष गर्ने बताए। अहिले कम्युनिष्ट नाम बोकेका अनगिन्ती पार्टी भए पनि ती सबै विघटित भइसकेको दावी गरे। ‘केही नेताहरूको लागि, तीनको वरिपरि बस्ने केही शिष्यमण्डलका लागि पार्टी छ,तर, जनताको नजरमा हेर्दा, जेनजीको नजरबाट हेर्दा हामीले देख्यौं, पार्टीहरू विघटित भएका छन्। पार्टीहरुको कुनै हैसियत छैन,’ उनले भने।





Read More