― Advertisement ―

अधिक LG OLED टिभी प्रयोगकर्ताहरूले उज्यालो फ्ल्यासको कारणले पावर साइकल चलाउने समस्याहरू अनुभव गरिरहेका छन् – र यो पुरानो मोडेलहरू मात्र होइन।

LG को अर्को उज्यालो पावर OL ED ले प्रयोगकर्ताको उज्यालो साइकल रिपोर्ट गर्दा समस्या भयो Reddit प्रयोगकर्ता u/RandomGamer414 ले r/LGOLED subreddit मा तिनीहरूको LG...
HomeLatest newsराप्रपाको कार्यसम्पादन समिति बैठक शुरु – KhabarHost

राप्रपाको कार्यसम्पादन समिति बैठक शुरु – KhabarHost


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समिति बैठक ११ मंसिर, धुम्बाराहीमा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा शुरु भएको छ।
  • बैठकमा समसामयिक परिस्थितिको विश्लेषण, पार्टी रणनीति र केन्द्रीय समिति बैठकका एजेन्डामा छलफल हुने प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए।
  • महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा असन्तुष्ट समूहका मुद्दा सम्बोधन र आन्तरिक एकता कायम गर्ने विषयमा पनि छलफल हुनेछ।

११ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समिति बैठक शुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समितिको बैठक शुरु भएको प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा जारी बैठकमा समसामयिक परिस्थितिको विश्लेषण, पार्टीको आगामी रणनीति, आसन्न केन्द्रीय समिति बैठकका एजेन्डा लगायतमा छलफल हुने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

आजको बैठकमा महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा असन्तुष्टहरूको समूहका मुद्दा सम्बोधन पनि प्रमुख विषय रहेको छ । प्रवक्ता श्रेष्ठले पार्टीभित्र आन्तरिक एकता कायम गर्दै सबै तहको अधिवेशन सम्पन्न गर्ने, एजेन्डा केन्द्रीत कार्यक्रम अघि बढाउने, चुनाव भइहालेमा चुनावी तयारी कसरी गर्ने भन्ने लगायतका विविध विषयमा छलफल हुने जानकारी दिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More