― Advertisement ―

एआई डाटा सेन्टर करको वाशिंगटनको शान्त रोलब्याकले उद्योगको प्रतिक्रियालाई स्पार्क गर्दछ किनकि राज्यहरूले बिलियन डलरको प्रोत्साहन र आर्थिक ट्रेडअफहरूमा पुनर्विचार गर्दछ।

डेटा प्रेशर ब्रेक्स ट्राइ सेन्टर धुलाई राष्ट्रव्यापीएआई पूर्वाधार लागत बढ्दै जाँदा सांसदहरूले प्रोत्साहनलाई पुनर्विचार गर्छन्उद्योग पुसब्याकले डाटा सेन्टर कर नीतिहरू सुधार गर्ने प्रयासहरूलाई सुस्त...
HomeLatest newsराप्ती प्रतिष्ठानमा २ सय ७७ जनामा पत्थरीको अप्रेसन

राप्ती प्रतिष्ठानमा २ सय ७७ जनामा पत्थरीको अप्रेसन


News Summary

Generated by OK AI. Editorially reviewed.

  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएसंगै दैनिक ७० भन्दा बढी विरामीले परामर्शसहित सेवा लिइरहेका छन्।
  • प्रतिष्ठानमा १ सय ५७ जना गम्भिर मिर्गौला पत्थरीका बिरामीको अप्रेसन गरिएको छ भने २२ जना मध्यम र ९९ जना सामान्य अप्रेसन भएका छन्।
  • अत्याधुनिक उपकरणसहितको युरोलोजी सेवाले जिल्लाबाहिर जानुपर्ने बाध्यता हटाएको र बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थीले बताए।

१४ कात्तिक, काठमाडौं। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएसंगै सेवा पनि प्रभाबकारी बन्दै गएको छ।

प्रतिष्ठानका युरोलोजिष्ट सर्जन डा. सुशिल खनियाँको नेतृत्वमा चिकित्सकहरु डा. विवेक थापा, डा. पङ्कज नेपाली सहित नर्स र स्वास्थ्यकर्मीहरूको टोलीले सानादेखी ठुला अप्रेसनहरु धमाधम गरीरहेको छ।

प्रतिष्ठानले दिएको जानकारी अनुसार युरोलोजिको ओपिडिबाट दैनिक ७० भन्दा बढि विरामीहरुले परामर्शसहितको स्वास्थ्य सेवा लिएका छन्। गत जेठदेखि असोज मसान्तसम्म २ सय ७७ जना विरामीले युरोलोजी सेवा लिएका हुन्।

युरोलोजी सेवा जिल्लामा नहुदा बिरामीहरु सामान्यदेखि विशिष्टिकृत सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता यसअघि भएपनि प्रतिष्ठानमा अत्याधुनिक उपरकणसहितको उक्त सेवा बिस्तार भएपछि अहिले त्यो समस्याको समाधान भएको छ।

युरोलोजिष्ट सर्जन डा.खनियाका अनुसार १ सय ५७ जना मिर्गौलामा भएको पत्थरीका बिरामीको गम्भिर प्रकृतिको अप्रेसन भएको छ भने मध्यम खालको २२ जना र ९९ जना विरामीको सामान्य अप्रेसन गरिएको छ।

युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी सबै, प्रोष्टेड र मिर्गौलामा भएको पत्थरी, पिसाबको नली, पित्तथैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्निएको, पिसाब पोल्ने, चुहिने लगायतका विभिन्न सेवा बिरामीले प्राप्त गर्नसक्ने डा.खनियाले बताए।

अस्पतालमा युरोलोजि सेवा लिनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको उनले बताए । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थीले युरोलोजी सेवा अहिले धेरै नै प्रभाबकारी भएको जनाउँदै स्थानीयस्तरमै सहजरुपमा विशेषज्ञ सेवा प्राप्त गर्न पाउँदा बिरामिहरुले खुसी ब्यक्त गर्ने गरेको बताए।





Read More