― Advertisement ―

Amazon ले चुपचाप आफ्नो सबैभन्दा लोकप्रिय प्राइम डे डिलहरू जारी गरेको छ – फायर टिभी, ब्लिंक क्यामेरा, किन्डल, रिङ डोरबेल, इको स्पिकर र थपमा...

जबकि Amazon को वार्षिक प्राइम डे सेल प्राविधिक रूपमा यो मंगलबारसम्म सुरु हुँदैन, खुद्रा विक्रेताले चुपचाप आफ्नो लोकप्रिय mart होम डिभाइसको आधिकारिक लाइनअपहरू जारी...
HomeLatest newsराज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा

राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा



४ पुस, विराटनगर । विराटनगरको पुरानो व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा (राजलक्ष्मी) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन् । यो जानकारी पाएपछि खुसी हुँदै उनले निर्वाचित भएमा देशका लागि योगदान गर्ने बताइन् ।

रास्वपाबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बन्न इच्छा व्यक्त गर्दै निवेदन दिएकाहरुको प्रारम्भिक सूचीमा संविधानसभा सदस्य गोल्छाको नाम मधेशी कोटामा छ । रास्वपाले प्रारम्भिक सूचीमा रहेका उम्मेदवारहरुसँग पुस ५ गते छलफल गर्नेछ ।

गोल्छा दोस्रो संविधानसभामा नेकपा एमालेबाट समानुपातिक कोटामा सभासद् बनेकी थिइन् । चन्दा दिए बापत उनलाई पार्टीले मधेशी कोटामा संविधानसभा सदस्य बनाएको भन्दै एमालेको आलोचना भएको थियो ।

तर, प्रधानमन्त्रीको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार भएका बेला संसद बैठकमा अनुपस्थित भएपछि २०७२ कात्तिक १ गते बसेको एमाले स्थायी कमिटी बैठकले उनलाई राजीनामा गर्न निर्देशन दिएको थियो । उनले राजीनामा भने दिइनन् । त्यसपछि एमालेलाई चन्दा दिए बापत समानुपातिक कोटामा सांसद भएको विषय बाहिर आएको थियो ।

गोल्छा स्वर्गीय महेन्द्रकुमार गोल्छाकी श्रीमती हुन् । महेन्द्र विराटनगरलाई औद्योगिक नगरीको रुपमा परिचित गराउने रामलाल गोल्छाका छोरा हुन् । जननेता मदन भण्डारीसँग महेन्द्र नजिक थिए । तर, उनको परिवार राजनीतिमा थिएन । तर राज्यलक्ष्मी एकाएक एमालेको सांसद बनेकी थिइन् ।

एमालेसँगको सम्बध बिग्रिएपछि राजलक्ष्मी विवेकशील साझा पार्टीमा जोडिएकी थिइन् । विवेकशील साझा पार्टीले केही दिनअघि रास्वपासँग एकता गरेको थियो ।

समानुपातिक उम्मेदवारको सर्टलिष्टमा परेपछि गोल्छाले सांसद निर्वाचित भए देशको सेवा गर्ने बताइन् । विवेकशील साझा पार्टी एकता भएपछि रास्वपामा आएको उनको भनाइ छ । ‘उहाँहरुले राख्नु भएको छ, यो राम्रो कुरा हो,’ अनलाइनखबरसँग उनले भनिन्, ‘त्यसबाट निर्वाचित भइयो भने झन् राम्रो, देशका लागि केही योगदान गर्न पाइन्छ ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More