― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
Homeविजनेसराजस्व चुहावट रोक्नेगरी सबै संयन्त्र सक्रिय बनाउन अर्थमन्त्रीको निर्देशन

राजस्व चुहावट रोक्नेगरी सबै संयन्त्र सक्रिय बनाउन अर्थमन्त्रीको निर्देशन


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अर्थमन्त्री रामेश्वर खनालले राजस्व चुहावट रोक्न सबै संयन्त्र सक्रिय बनाउन निर्देशन दिएका छन्।
  • उनले जिल्ला स्तरमा समन्वयात्मक बैठक आयोजना गर्न र सूचना आदान प्रदान गर्न निर्देशन दिएका छन्।
  • बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव, गृहसचिव, अर्थसचिव र सुरक्षा निकायका प्रमुख सहभागी थिए।

१३ कात्तिक, काठमाडौं । राजस्व चुहावट रोक्न सबै संयन्त्र सक्रिय बनाउन अर्थमन्त्री रामेश्वर खनालले निर्देशन दिएका छन् ।

बिहीबार अर्थमन्त्री खनालको अध्यक्षतामा बसेको केन्द्रीय राजस्व चुहावट समितिको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । राजस्व चुहावट नियन्त्रणका लागि जिल्ला स्तरमा समेत समन्वयात्मक बैठक आयोजना गर्न निर्देशन दिए । राजस्व चुहावट नियन्त्रणका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको उनले बताए ।

सबै निकायबीच सूचना आदान प्रदान गर्न, जिल्ला स्तरमा सचेतना कार्यक्रम आयोजना गर्ने र समितिका आगामी बैठक अन्य कार्यालय/निकायमा गर्ने व्यवस्था मिलाउन अर्थमन्त्री खनालले निर्देशन दिए ।

जिल्ला स्तरका चुहावट नियन्त्रणमा संलग्न कार्यालयहरुलाई पनि अनलाइनमा जोडी संयुक्त रुपमा गर्ने व्यवस्था मिलाउने लगायत विषयमा समेत अर्थमन्त्रीले निर्देशन दिएका हुन् । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, गृहसचिव, अर्थसचिव, सुरक्षा निकायका प्रमुख तथा अर्थ मन्त्रालय मातहतका विभागका प्रमुखहरूको सहभागिता थियो ।





Read More