― Advertisement ―

यस शक्तिशाली Asus TUF F16 गेमिङ ल्यापटपलाई RTX 4050 को साथ $1,000 मुनि Amazon मा लिनुहोस्।

यदि तपाईं चालमा खेल्न इच्छुक हुनुहुन्छ तर कडा बजेटसँग व्यवहार गर्दै हुनुहुन्छ भने, तपाईं भाग्यमानी हुनुहुन्छ। अहिले, तपाईं Asus TUF F16 गेमिङ ल्यापटप Amazon...
HomeLatest newsरवीन्द्र मिश्र भन्छन्- निर्वाचन आयोगले दु:ख दियो – KhabarHost

रवीन्द्र मिश्र भन्छन्- निर्वाचन आयोगले दु:ख दियो – KhabarHost



१६ पुस, काठमाडौं । राप्रपा नेता रविन्द्र मिश्रले निर्वाचन खर्च विवरण सार्वजनिक नगरेकाहरुको सूचीमा आफ्नो नाम पनि समावेश गरेको भन्दै निर्वाचन आयोगप्रति दु:खेसो पोखेका छन् ।

मिश्रले जारी गरेको प्रेस विज्ञप्तिमा आफूले २०७९ मंसिर २० गते, निर्वाचन सम्पन्न भएको दुई हप्तापछि नै काठमाडौं क्षेत्र नं १ को निर्वाचन कार्यालयमा उपस्थित भएर खर्च विवरण बुझाइसकेको उल्लेख गरेका छन् । आयोगले सोही दिन कार्यालयको छाप र दर्ता नं १० सहित खर्च विवरण बुझिलिएको प्रमाणसमेत आफूले सुरक्षित राखेको उनको भनाइ छ ।

उनले सोही दिन आफ्नो निर्वाचन खर्चबारे ‘रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख’ शीर्षकमा प्रमुख सञ्चारमाध्यममा समाचारसमेत प्रकाशित भएको उल्लेख गर्दै यसभन्दा बढी सार्वजनिक के हुनुपर्ने भन्ने प्रश्न उठाएका छन् ।।

मिश्रले सार्वजनिक रूपमा निर्वाचनमा करोडौं रुपैयाँ खर्च गरेको दाबी गर्ने नेताहरूप्रति आयोग मौन रहने तर आफूजस्ता उम्मेदवारलाई बारम्बार सूचना निकालेर दु:ख दिएको आरोप पनि लगाएका छन् । उनले विज्ञप्तिमा लेखेका छन्, ‘यो निर्वाचन आयोगले पनि दुखै दियो !’

उनका अनुसार उम्मेदवारले बुझाएको खर्च विवरण दर्ता भएपछि निर्वाचन आयोगले आफैं वेबसाइटमार्फत सार्वजनिक गर्न सक्ने व्यवस्था गर्नुपर्ने हो । खर्च विवरणमा शंका लागे स्पष्टीकरण सोध्न सकिने भए पनि तथ्य बुझ्नै नखोजी सूचना जारी गर्नु आयोगको कमजोरी भएको उनको टिप्पणी छ ।

निर्वाचन आयोगजस्तो संवैधानिक र विशिष्ट संस्थाबाट यस्ता त्रुटि बारम्बार दोहोरिनु राम्रो नभएको भन्दै मिश्रले भविष्यमा यस्तो कमजोरी नदोहोरियोस् भनेर ध्यानाकर्षण गराएका छन् ।





Read More